मटिहानी नगरपालिकाविरुद्ध पाँच दलका प्रतिनिधि आन्दोलित « Khabarhub

मटिहानी नगरपालिकाविरुद्ध पाँच दलका प्रतिनिधि आन्दोलित


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाविरुद्ध पाँच राजनीतिक दलका प्रतिनिधिले आन्दोलनमा उत्रेका छन् ।

नेकपा माओवादी केन्द्रका उमाशङ्करप्रसाद साह, नेपाली काँग्रेसका जवाहर साह कसेरा, नेकपा एमालेका सञ्जयकुमार सहनी, जनता समाजवादी पार्टीका रामनन्दन यादव र जनमत पार्टीका नरेश नायक आन्दोलनमा उत्रेका हुन् । नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारको विरुद्धमा उनीहरुले आजदेखि नगरपालिका कार्यालय अगाडि रिले अनशन शुरु गरको जनाएका छन् ।

नगरप्रमुख हरिप्रसाद मण्डलले विभिन्न योजनामा करोडौंको हिनामिना गरिरहेको आन्दोलनकारी राजनीतिक दलका प्रतिनिधिले आरोप लगाएका छन् । नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापको छानवीन गरी दोषीलाई तत्काल कारवाही हुनुपर्ने माग उनीहरुको छ ।

नगरप्रमुख मण्डलले आवश्यक प्रक्रिया पूरा नगरी १८ जना स्वास्थ्यकर्मीलाई करार सेवामा नियुक्त गरिएको, आफूसँग ५/७ जना केटाहरुलाई लठैतको रुपमा घुमाएर नगरपालिकाबाट तलब खुवाउने गरेको, तथा विभिन्न योजनामा मनोमानी ढङ्गले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको उनीहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १० : ०१ बजे

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको