झापामा निषेधाज्ञा खुकुलो, स्थानीय तहका बेग्लाबेग्लै घोषणा « Khabarhub

झापामा निषेधाज्ञा खुकुलो, स्थानीय तहका बेग्लाबेग्लै घोषणा



झापा– जिल्ला प्रशासनन कार्यालयद्वारा जारी निषेधाज्ञा खुकुलो बनाए सँगै कोरोनाको संक्रमण उच्च बने पछि झापाका स्थानीय तहहरूले पुनः आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा लगाउन शुरु गरेका छन् ।

पछिल्लो पटक गत असार २२ गतेदेखि लागुहुने गरी झापामा सार्वजनिक यातायातसमेत खुला गरिएको थियो । प्रशासनले आठौँ पटक निषेधाज्ञा थप गर्दै मानिसको आवत जावत भने खुकुलो बनाए पछि बजारमा भिड बढेको हो ।

भिड बढेसँगै संक्रमणदरसमेत उच्च हुन थाले पछि विभिन्न स्थानीय तहले पुनः निषेधाज्ञा लगाउन थालेका हुन् ।

झापाका बुद्धशान्ति गाउँपालिका, कन्काई नगरपालिका तथा अर्जुनधारा नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा लगाई सकिएको छ । पछिल्लो पटक दमक नगरपालिकाले पनि नगर क्षेत्र भित्र एकसाताका लागि निषेधाज्ञा लागु गरेको छ ।

नगरपालिका उपप्रमुख एवम् प्रवक्ता गीता अधिकारीका अनुसार साउन ११ गते बिहान ४ बजेदेखि १७ गते मध्यरात १२ बजे सम्म निषेधाज्ञा घोषणा गरिएको हो । सबै उद्योग, व्यापार, कार्यालयसमेत बन्द गर्ने गरी निषेधाज्ञा घोषणा गरिएको छ । कोरोनाको संक्रमणदर पुनः बढ्न थाले पछि एकसाता निषेधाज्ञा लगाउनु परेको नगरपालिकाले जनाएको छ ।

प्रशासनको निषेधाज्ञा खुकुलो

जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा निषेधाज्ञा हटाइ सकेको छैन । तर अधिकांश व्यवस्थाहरू खुकुलो बनाउँदै गएको छ । निषेधाज्ञा जारी रहेपनि बजार, पसल, यातायात खुला गरिएको छ । जसले भिडभाड बढ्न थालेको छ भने संक्रमण पनि फैलिन थालेको छ ।

पछिल्लो पटक जिल्ला प्रशासन कार्यालयले साउन ७ गते देखि लागु हुने गरी साँझ ७ बजे सम्म अधिकांश बजार पसल खुल्ला गराउने आदेश जारी गरेको छ ।

यस्तै स्वास्थ्यका मापदण्ड पालनासहित सबै प्रकारका सवारी साधनसमेत खुल्ला गरिएको छ । हाल काकडभिट्टा बाहेकका सबै नाकाबाट आउजाउमा रोक लगाइएको छ । काकडभिट्टाबाट पनि विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको छ भने खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ती मात्र खुला गरिएको छ ।

४२५ को मृत्यु
हालसम्म कोरोना संक्रमणले झापामा ४२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ती मध्ये २९६ जनाको मृत्यु दोस्रो लहर शुरु भएयता भएको हो ।

१६ हजार ७ सय ३२ जना संक्रमित भई सकेको झापामा १४ हजार ५ सय ८१ जना संक्रमणमुक्त भएका छन् । शनिबार मात्र झापामा ९० जना संक्रमित भएका थिए । जसमध्ये झापाको दमक नगरपालिकामा संक्रमण सबैभन्दा बढि देखिएको छ ।

दमकमा एकै दिनमा २८ महिला र १८ पुरुष गरी ४६ जना संक्रमित भएका छन् । यो अन्य स्थानीय तहहरूको तुलानामा सबैभन्दा धेरै हो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ११ : ५३ बजे

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग