गुल्मी रेडक्रसलाई स्वास्थ्य सामग्री प्रदान « Khabarhub

गुल्मी रेडक्रसलाई स्वास्थ्य सामग्री प्रदान


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले गुल्मी जिल्ला शाखालाई कोभिड–१९ का लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । ती सामग्रीमा ३५ हजार मास्क, ६५ पिपिई, १० थर्मल गन, ६५ चस्मा, १०० फेस शिल्ड, ६५ गाउन, चार अक्सिजन कन्सन्ट्रेटरलगायतका छन् ।

सोसाइटीका केन्द्रीय महामन्त्री महामन्त्री पीताम्बर अर्यालले जिल्ला सभापति राजेन्द्र श्रेष्ठलाई ती सामग्री प्रदान गरे । सो अवसरमा महामन्त्री अर्यालले कोरोना महामारी नियन्त्रणमा सोसाइटीले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिँदै यस प्रकारका सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा आफ्ना शाखा कार्यालयलाई वितरण भएको बताए ।

उनले भने, “ विपदका अवस्थामा सोसाइटीले निस्वार्थ मानवीय सेवामा जुटिरहेको छ ।”

सोही अवसरमा ती सामग्री नेपाली सेना, नेपाल प्रहरी, पत्रकार महासङ्घ जिल्ला शाखा ,स्वास्थ्य कार्यालय तथा सोसाइटीका शाखालाई वितरण गरिएको थियो । जिल्ला सभापति श्रेष्ठले राजनीति आस्था र विचारभन्दा माथि उठेर सोसाइटीले मानवीय सेवा गरिरहेको बताए ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १० : १५ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल