गुल्मी रेडक्रसलाई स्वास्थ्य सामग्री प्रदान | Khabarhub Khabarhub

गुल्मी रेडक्रसलाई स्वास्थ्य सामग्री प्रदान


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले गुल्मी जिल्ला शाखालाई कोभिड–१९ का लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । ती सामग्रीमा ३५ हजार मास्क, ६५ पिपिई, १० थर्मल गन, ६५ चस्मा, १०० फेस शिल्ड, ६५ गाउन, चार अक्सिजन कन्सन्ट्रेटरलगायतका छन् ।

सोसाइटीका केन्द्रीय महामन्त्री महामन्त्री पीताम्बर अर्यालले जिल्ला सभापति राजेन्द्र श्रेष्ठलाई ती सामग्री प्रदान गरे । सो अवसरमा महामन्त्री अर्यालले कोरोना महामारी नियन्त्रणमा सोसाइटीले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिँदै यस प्रकारका सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा आफ्ना शाखा कार्यालयलाई वितरण भएको बताए ।

उनले भने, “ विपदका अवस्थामा सोसाइटीले निस्वार्थ मानवीय सेवामा जुटिरहेको छ ।”

सोही अवसरमा ती सामग्री नेपाली सेना, नेपाल प्रहरी, पत्रकार महासङ्घ जिल्ला शाखा ,स्वास्थ्य कार्यालय तथा सोसाइटीका शाखालाई वितरण गरिएको थियो । जिल्ला सभापति श्रेष्ठले राजनीति आस्था र विचारभन्दा माथि उठेर सोसाइटीले मानवीय सेवा गरिरहेको बताए ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १० : १५ बजे

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको