कानुनसहित चारवटा समितिको बैठक बस्दै « Khabarhub

कानुनसहित चारवटा समितिको बैठक बस्दै


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने लागेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

अर्थ समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बद्ध निकाय र संघसंस्थासँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान सढे ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवाहरूको मानव अधिकारको अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

यसैगरी, आर्थिक मामिला तथा सुशासन समितिको बैठ बिहान ११ बजे बस्नेछ । बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी सम्मेलनको सम्बन्धमा कृषि, वन तथा पर्यावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कामकारबाहीको बारेमा छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ७ : ३० बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता