कानुनसहित चारवटा समितिको बैठक बस्दै « Khabarhub

कानुनसहित चारवटा समितिको बैठक बस्दै


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने लागेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

अर्थ समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बद्ध निकाय र संघसंस्थासँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान सढे ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवाहरूको मानव अधिकारको अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

यसैगरी, आर्थिक मामिला तथा सुशासन समितिको बैठ बिहान ११ बजे बस्नेछ । बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी सम्मेलनको सम्बन्धमा कृषि, वन तथा पर्यावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कामकारबाहीको बारेमा छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ७ : ३० बजे

परराष्ट्रमन्त्री असोज १४ गते स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त