कतार प्रवेश गर्नेका लागि अब नयाँ नियम | Khabarhub Khabarhub

कतार प्रवेश गर्नेका लागि अब नयाँ नियम


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाविरुद्धको खोप लगाएको १४ दिनपछि कतार प्रवेश गर्नेहरूले अब क्वारेन्टिन बस्नु नपर्ने भएको छ ।

कतार सरकारले जारी गरेको नयाँ नियमअनुसार कोरोना खोप लगाएका व्यक्तिले १४ दिनपछि कतार प्रवेश गर्दा क्वारेन्टाइन बस्नु नपर्ने प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । तर, यात्रुको साथमा कोरोना नेगेटिभ आएको ७२ घण्टा भित्रको रिर्पोट भने अनिवार्य गरिएको छ ।

दूतावासका अनुसार फाइजर, वायोटेक, मोर्डेना, अष्ट्राजेनिका (कोभिशिल्ड/अक्सफोर्ड) र जोन्सेन एण्ड जोन्सनको खोपलाई मात्र कतारले मान्यता प्रदान गरेको छ ।

यो खोप लगाएका व्यक्तिको साथमा खोप लगाएको प्रमाणपत्र हुनुपर्छ । प्रमाणपत्रमा खोप लगाइएको मिति, खोपको नाम र प्रकार, उपलब्ध भएमा खोपको लट नम्बर, खोप लगाउने निकायको छाप हुनुपर्ने दूतावासले जनाएको छ । चिनियाँ कम्पनी सिनोर्फम खोप लगाएका व्यक्तिले भने एण्टिबडी परीक्षण गराउनु पर्ने छ ।

उक्त पर‍ीक्षणमा पोजेटिभ आएमा क्वारेन्टिन बस्नु पर्नेछ । नेगेटिभ देखिएमा समेत होटेल क्वारेन्टिन बस्नुपर्ने छ । कतारमा कोभिड संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पुनः प्रवेश गर्ने यात्रुले भने क्वारेन्टिन बस्नु नपर्ने नियम बनाइएको छ ।

खोपको मात्रा पुरा नगरेका, खोपको मात्रा लगाएको १४ दिन पुरा नभएको वा खोप नलगाएका यात्रुले भने अनिवार्य डिस्कोभर कतार वेबसाइटमा बुकिङ गरी १० दिन होटेल क्वोन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नु पर्ने नेपाली दूतावासले जनाएको छ ।

त्यस्तै कतारमा यात्रा गर्नुभन्दा कम्तिमा १२ घण्टा अगाडि उक्त वेबसाइटमा अनलाइन माध्यमबाट प्रि रेजिस्ट्रेसन गरी आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल परमिट समेत साथमा बोक्नु पर्ने दूतावासले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : ४५ बजे

राज्यका निकायमा कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्‍यो : मुख्यमन्त्री बानियाँ

दोलखा– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यका हरेक निकायमा कुरा

पैँतीस उद्योगबाट २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

काठमाडौं– लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ संरचनाबाट विद्युत् उपभोग

जेन-जी घाइतेहरूले भेटे गृहमन्त्री र आइजीपी कार्कीलाई 

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बिहीबार गृहमन्त्री ओमप्रकाश

सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– शंखरापुर नगरपालिका-५ पालुवारीस्थित सडकमा बा.६५ प ७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री

स्वास्थ्यमन्त्री र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूबीच आपसी सहयोगबारे छलफल 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले नेपालको