कतार प्रवेश गर्नेका लागि अब नयाँ नियम « Khabarhub

कतार प्रवेश गर्नेका लागि अब नयाँ नियम


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाविरुद्धको खोप लगाएको १४ दिनपछि कतार प्रवेश गर्नेहरूले अब क्वारेन्टिन बस्नु नपर्ने भएको छ ।

कतार सरकारले जारी गरेको नयाँ नियमअनुसार कोरोना खोप लगाएका व्यक्तिले १४ दिनपछि कतार प्रवेश गर्दा क्वारेन्टाइन बस्नु नपर्ने प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । तर, यात्रुको साथमा कोरोना नेगेटिभ आएको ७२ घण्टा भित्रको रिर्पोट भने अनिवार्य गरिएको छ ।

दूतावासका अनुसार फाइजर, वायोटेक, मोर्डेना, अष्ट्राजेनिका (कोभिशिल्ड/अक्सफोर्ड) र जोन्सेन एण्ड जोन्सनको खोपलाई मात्र कतारले मान्यता प्रदान गरेको छ ।

यो खोप लगाएका व्यक्तिको साथमा खोप लगाएको प्रमाणपत्र हुनुपर्छ । प्रमाणपत्रमा खोप लगाइएको मिति, खोपको नाम र प्रकार, उपलब्ध भएमा खोपको लट नम्बर, खोप लगाउने निकायको छाप हुनुपर्ने दूतावासले जनाएको छ । चिनियाँ कम्पनी सिनोर्फम खोप लगाएका व्यक्तिले भने एण्टिबडी परीक्षण गराउनु पर्ने छ ।

उक्त पर‍ीक्षणमा पोजेटिभ आएमा क्वारेन्टिन बस्नु पर्नेछ । नेगेटिभ देखिएमा समेत होटेल क्वारेन्टिन बस्नुपर्ने छ । कतारमा कोभिड संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पुनः प्रवेश गर्ने यात्रुले भने क्वारेन्टिन बस्नु नपर्ने नियम बनाइएको छ ।

खोपको मात्रा पुरा नगरेका, खोपको मात्रा लगाएको १४ दिन पुरा नभएको वा खोप नलगाएका यात्रुले भने अनिवार्य डिस्कोभर कतार वेबसाइटमा बुकिङ गरी १० दिन होटेल क्वोन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नु पर्ने नेपाली दूतावासले जनाएको छ ।

त्यस्तै कतारमा यात्रा गर्नुभन्दा कम्तिमा १२ घण्टा अगाडि उक्त वेबसाइटमा अनलाइन माध्यमबाट प्रि रेजिस्ट्रेसन गरी आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल परमिट समेत साथमा बोक्नु पर्ने दूतावासले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : ४५ बजे

दोलखामै पहिलो वैतेश्वरबाटै सुरु भयो नापी तथा मालपोत सेवा 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलोपटक पालिकास्तरबाट नापी तथा मालपोत

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न