दुग्ध व्यवसायीले पनि मागे कोरोनाविरुद्धको खोप « Khabarhub

दुग्ध व्यवसायीले पनि मागे कोरोनाविरुद्धको खोप


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेरी उद्योगीहरुले दुग्ध क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

अतिआवश्यक मानिने सबै क्षेत्रलाई प्रायः खोप दिइसक्दा पनि दुग्ध व्यवसायमा कार्यरत कर्मचारीलाई प्राथामिकता नदिएको व्यवसायीहरुको गुनासो छ ।

नेपाल डेरी एसोसियसन नेपालकाअनुसार हाल देशभर जोखिम मोल्दै काम गर्ने किसान र उद्योग तहका कर्मचारी करिब ५ लाख ५० हजार जना छन् । एसोसिएसनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ५ लाख ५० हजार जनालाई खोप उपलब्ध गराइ दैनिक काममा सहजीकरण गरी दिन सरकारलाई अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो तथ्यांक अनुसार उद्योग तह र किसान तहमा गरी करिब पाँच लाख ५० हजार जनालाई भ्याक्सिन उपलब्ध गराई दैनिक काममा सहजीकरण गरी दिनुहुन सरोकारवाला कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, सबै प्रदेश कृषि तथा सहकारी मन्त्रालय, सबै प्रदेश दुग्ध विकास बोर्ड, ७५३ वटै स्थानीय तहलाई बिनम्र अनुरोध गरिन्छ ।’

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : ०१ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल