सेलपे एनिभर्सरी अफर, ७ विजेतालाई सामसङ ग्यालेक्सी एफ २२ स्मार्टफोन « Khabarhub

सेलपे एनिभर्सरी अफर, ७ विजेतालाई सामसङ ग्यालेक्सी एफ २२ स्मार्टफोन


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भुक्तानी सेवा प्रदायक कम्पनी सेलकम प्रालिले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘एनिभर्सरी अफर’ ल्याएको छ ।

यस योजनाअन्तर्गत सेलपेका ग्राहकले सेलपेबाट फोनपेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (सय रुपैयाँसम्म) प्राप्त गर्नेछन् । त्यस्तै बम्पर उपहारमा ७ जना भाग्यशाली विजेताले सामसङ ग्यालेक्सी एफ२२ पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना आजदेखि साउन १६ गतेसम्म लागू हुनेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सरल तथा सुरक्षित सेवा हो । जसमा रियल टाइममा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने लगायतका फिचर रहेका छन् ।

यसमार्फत विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, बीमा भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टलगायतमा भुक्तानी गर्न सकिने छ । त्यस्तै फोनपे नेटवर्कका करिब पाँच लाख मर्चेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम ट्रान्सफर, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी लगायतमा रियल टाइममा कारोबार गर्न सकिन्छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : ४६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको