अर्थतन्त्रका चुनौतीबारे अर्थमन्त्रीद्वारा पूर्वअर्थमन्त्रीसँग छलफल « Khabarhub

अर्थतन्त्रका चुनौतीबारे अर्थमन्त्रीद्वारा पूर्वअर्थमन्त्रीसँग छलफल


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौती र त्यसको समाधानका लागि चाल्नुपर्ने उपायबारे पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन् ।

अर्थमन्त्री शर्माले आज पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, वर्षमान पुन र शङ्करप्रसाद कोइरालासँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

पूर्वअर्थमन्त्रीहरूसँगको छलफलमा अर्थमन्त्री शर्माले राष्ट्रिय सहमतिका आधारमा उपलब्ध स्रोत तथा विद्यमान जनशक्तिको उचित संयोजन गरेर कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आफूले इमान्दार प्रयास गर्ने बताए । उनले कोरोनाबाट सिर्जित समस्याले प्रतिकूल प्रभाव पारेको भन्दै सबैको साथ र सहयोगबाट नै चुनौतीलाई छिचोल्न सकिने उल्लेख गरे ।

कोरोना महामारीका कारण अर्थतन्त्रको परिदृश्य गतिलो नदेखिएकाले सरकारले सोही बमोजिम आर्थिक नीति तय गर्नुपर्ने पूर्वअर्थमन्त्रीहरुको सुझाव थियो ।

यस्तै, पूँजीगत खर्चमा हुनु नसक्नु अर्थतन्त्रको अर्को चुनौती भएकाले यसमा विशेष ध्यान दिन आग्रह गर्दै उहाँहरूले त्यसका पछाडि मन्त्रालयगत समस्या हो वा अर्थमन्त्रालयको कमजोरी हो भन्नेबारे समीक्षा गर्न आग्रह गर्नुभयो । उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न तथा अनुत्पादक क्षेत्रमा हुने सार्वजनिक खर्च कटौतीमा ध्यान केन्द्रित गर्नसमेत उनीहरुको जोड थियो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १० : ३० बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को