एनआइसी एसिया बैंकको मोबाइल एपमार्फत आईपीओको आवेदन दिन सकिने « Khabarhub

एनआइसी एसिया बैंकको मोबाइल एपमार्फत आईपीओको आवेदन दिन सकिने


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनआइसी एसिया बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ एपमार्फत नै आईपीओमा आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ।

नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको बैंकले दावी गरेको छ।

यस बैंकमार्फत डिम्याट खाता खोलेका तथा बैंकमा बचत खाता खोली मोबाइल बैंकिङ्ग सेवा लिइरहेका ग्राहकले खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन्। ‘एनआइसी एसिया मोबैंक’ एपमार्फत आईपीओमा आवेदन दिन सकिनेछ।

एपभित्र रहेको ‘अप्लाई सेयर’ आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपीओ खुलेका कम्पनीहरूमध्ये आफूले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ।

त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर ‘सबमिट’गरेपश्चात आवेदन पूरा हुनेछ।

‘डिजिटल फस्र्ट’को रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले ‘सेल्फ हेल्प’बैंकिङ्गको अभ्यासलाई एपमार्फत अघि बढाएको छ।

एप प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसी/एनसेल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाइजस्ता सुविधाहरू सहज रुपले लिन सकिनेछ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ६ : २६ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा