‘म केही गर्छु’मा एकसय ८ फिल्म छानिए « Khabarhub

‘म केही गर्छु’मा एकसय ८ फिल्म छानिए


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय यूवा संघ नेपालले आयोजना गर्न लागेको ‘म केही गर्छु’ शीर्षकको छोटो चलचित्र प्रतिस्पर्धामा एक सय १५ स्क्रिप्ट सहभागी भएको छ । आयोजकले भदौ ५ गते भित्र दिएको समयसीमा भित्र रहेर स्क्रिप्ट पठाउन आह्वान गरेको थियो ।

सहभागी स्क्रिप्टमध्ये एक सय ८ स्क्रिप्ट छनोटमा परेका छन् । छनोट भएका स्क्रिप्टमा फिल्म बनाउनेहरुको लागि एकदिने अन्तरक्रिया कार्यक्रम गरेको छ । चलचित्र विकास बोर्डको हलमा छनोट भएका स्क्रिप्ट राइटर र फिल्म निर्माणको लागि स्क्रिप्ट पठाउनेका लागि युवा संघ नेपालले फिल्म क्षेत्रका विज्ञहरुलाई सहभागी गराएर फिल्म बनाउने सम्बन्धमा अन्तरक्रिया गराएको हो ।

कार्यक्रममा निर्देशक मीन भाम, छायाकार विष्णु कल्पित, नेपाल फिल्म कलेजका प्रिन्सिपल शिशिर उप्रेती, फिल्मकर्मी अर्जुन देव जोशीले सहभागीहरुलाई जानकारी दिए । उक्त कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपालका महासचिव समिर बलामीले गरेका थिए ।

संघका उपाध्यक्ष क्षितिज थेवेले निषेधाज्ञाका कारण घरमै बसिरहेका युवाहरुको समयको सदुपयोगका लागि छोटो चलचित्र प्रतिस्पर्धामा आयोजना गरेको बताए ।

छानिएका स्क्रिप्टले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जनलगायतका विषयमा बढीमा ५ मिनेटसम्मको छोटा फिल्म बनाउनुपर्नेछ ।

छानिएका तीन फिल्ममध्ये प्रथम हुनेलाई २ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख ५० हजार र तेश्रो हुने फिल्मलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १२ : ४० बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने