विदेश बसेका युवा एसईई उत्तीर्ण ! | Khabarhub Khabarhub

विदेश बसेका युवा एसईई उत्तीर्ण !


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गराएका विषयमा छानबिन सुरुआत गरिइएको छ ।

सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत गोपाल सन्तलाई अङ्क थपेर २.७५ जीपीए ल्याई एसईई पास गराएका विषमा छानबिन सुरु गरिएको हो ।

उक्त विद्यालयले वैदेशिक रोजगारीमा रहेको युवालाई एसईई पास गराएका विषयमा समाचार सार्वजनिक भएपछि विद्यालयमाथि छानबिन सुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख विजय मण्डलले जानकारी दिए ।

उनले भने, “एसईई पास गराउने विद्यालयबाट सबै विवरण माग गरी सम्पूर्ण कागज झिकाई सकिएको र विवरणमा के त्रुटि भएको छ हेरेर शिक्षा नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ । ”

विद्यालयका प्राध्यापक श्यामकान्त चौधरीले प्राविधिक गडबडीका कारण विदेशमा भएको युवा पास हुन भएको बताए ।

उनले विद्यार्थीको भौतिक उपस्थिति विना अङ्क दिनु परेको तथा अनुपस्थित लेखिनु पर्नेहरूमा नम्बर चढ्न गएर ती विद्यार्थी पास भएको प्रतिक्रिया दिए । कम्प्युटरमा नम्बर चढाउने समय गल्तीले नम्बर चढ्न गएको विद्यालयले जनाएको छ ।

सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतमले विद्यालयलाई पत्राचार गरिए पनि मागबमोजिम कागज अहिलेसम्म उपलब्ध नगराएको बताए । नगरपालिकाले समेत छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गरिने उनले बताए ।

गोपालका पिता राम सन्त सोही विद्यालयको कार्यालय सहयोगी रहेको हुनाले प्रधानाध्यापक चौधरीलाई प्रभावमा पारी परीक्षा फारम भरेको हुन सकिने आशङ्का गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ सालमा विद्यार्थीको परीक्षाको अन्तिम मूल्याङ्कन गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहने गरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था छ ।

कोरोना महामारीको फाइदा उठाउँदै प्रधानाध्यापकसहितका मिलेमतोमा अधिकांश विद्यालयले एसईईको नतिजामा अनियमितता गरेको स्थानीयवासीको आरोप छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ३ : ५१ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ