नेप्सेको सञ्चालकबाट चन्द्र ढकालको राजीनामा « Khabarhub

नेप्सेको सञ्चालकबाट चन्द्र ढकालको राजीनामा


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सचेन्च (नेप्से)को सञ्चालक समितिबाट उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले राजीनामा दिएका छन् । सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा विवादमा परेका ढकालले बुधबार सञ्चालकबाट राजीनामा दिएका हुन् ।

ढकाल नेप्सेको सञ्चालक रहेकौ समयमा उनका भाइले सर्वोत्तम सिमेन्टको शेयर किनेको पाइएपछि ढकाल विवादमा तानिएका थिए ।

सर्वोत्तम सिमेन्टको शेयर बुक बिल्डिंग विधिबाट जारी हुनु अगावै शेयर किनबेच भएको थियो । यहीह प्रकरणमा मुछिएका नेप्सेका सीईओ चन्द्रसिंह साउदले मंगलबार पदबाट राजीनामा दिएका थिए । यो प्रकरणमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष भिष्म ढुंगाना पनि मुछिएका छन् ।

ढकाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिको हैसियतमा नेप्सेको सञ्चालक बनेका थिए । अब महासंघबाट अर्को प्रतिनिधि सञ्चालकमा पठाइने महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ५ : २३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक