‘काँडेतार’मा गौरव विद्रोही युवा « Khabarhub

‘काँडेतार’मा गौरव विद्रोही युवा


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र भारतको सीमामा काँडेतार लगाउनुपर्ने माग राख्दै आएका निर्देशक तथा कलाकार नवल खड्काले फिल्म ‘काँडेतार’ बनाउने भएका छन् । तिहार लगत्तमै छायांकनमा जाने फिल्ममा नवलसँगै शंकर कार्कीको निर्देशन रहनेछ ।

फिल्मका लागि अभिनेता गौरव पहारी प्रमुख भूमिकामा अनुबन्धित भएका छन् । निर्देशक खड्काले मंगलबार उनलाई अनुबन्ध गरेका हुन् । गौरवले हालैमात्र फिल्म ‘लाइफ इन एलए’को छायांकन पुरा गरेका छन् ।

यी अभिनेताले फिल्मले राष्ट्रियताको कथा उठान गर्ने भएकाले आफू सहमत भएको बताए । फिल्ममा गौरवले नेपाल र भारत सीमा क्षेत्रमा बस्ने एक विद्रोही युवाको भूमिका निर्वाह गर्नेछन् ।

नवलको यो फिल्म लामो समयदेखि चर्चामा रहँदै आएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूले फिल्म ‘काँडेतार’ बनाउने जानकारी गराए पनि हालसम्म कलाकार छनोट गरेका थिएनन् ।

यसअघि फिल्म ‘दशगजा’ बनाएका नवलले फिल्म ‘काँडेतार’ले आफ्नो माटो र मान्छेको मात्र संरक्षण गर्ने नभई असल छिमेकी सद्भाव कायम राख्नेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ५ : २४ बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने