पाकिस्तानको सर्वोच्च अदालतद्वारा न्यायाधीश इसाको मुद्दा पुनरावलाेकन गर्न अस्वीकार « Khabarhub

पाकिस्तानको सर्वोच्च अदालतद्वारा न्यायाधीश इसाको मुद्दा पुनरावलाेकन गर्न अस्वीकार


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानको सर्वोच्च अदालतले न्यायाधीश कजी फैज इसाबारे समिक्षा गर्न सरकारले दायर गरेको पुनरावलोकन निवेदनलाई फिर्ता गरेको छ ।

इमरान खान सरकारले न्यायाधीश इसाको मुद्दामाथि उपचारात्मक पुनरावलोकनका लागि निवेदन दिएको थियो । न्यायाधीश इसाबारे सर्वोच्च अदालतले गरेको फैसलालाई चुनौती दिँदै सरकारले दिएको निवेदन फिर्ता गरिएको समाचार पाकिस्तानी पत्रिका द डनले उल्लेख गरेको याहु न्युजले जनाएको छ ।

अदातलको रजिष्ट्रार विभागले आवेदन फिर्ता गर्दै न्यायाधीश इसाको मुद्दामा अदालतको फैसलालाई चुनौती दिँदै दोस्रो पुनरावलोकन निवेदन पेश गर्न र्न नमिल्ने बताएको छ । न्यायाधीश इसाबिरुद्ध सरकारले दर्ता गरेको मुद्दाको कुनै पनि वैध प्रमाणहरु पुष्टि नभएको अदालतले यसअघि नै स्पष्ट पारिसकेको भन्दै यसमाथि पुनः समिक्षा नहुने अदालतले बताएको हो ।

प्रधानमन्त्री खानको सरकारले भने न्यायाधीश इसामाथि अदालतको निर्णयलाई चुनौति दिँदै अभ्यास नभएको कानुनी उपचार खोजिरहेको छ । न्यायाधीश इसा मुद्दामा समिक्षा आवेदनमाथि अदालतले निर्णय गरिसकेपछि पुनः निवेदनका लागि कानुनी आधार बलियो नहुने बरिष्ठ वकिलहरुले बताउँछन् ।

न्यायाधीश इसा बिरुद्धका अभियोगहरुमाथि अदालतले सुक्ष्म अध्ययन गरेको थियो । न्यायाधीश इसा र उनको परिवारमाथि विदेशमा रहेको अकुत सम्पति सार्वजनिक नगरेको अभियोग लागेको थियो । पाकिस्तानमा सरकार तथा प्रभावशालीहरुले न्यायाधीश तथा राजनीतिज्ञहरुमाथि कालो धन कमाएको अभियोगहरु लगाउने गरेका छन् ।

पाकिस्तानमा धेरै राजनीतिज्ञ तथा निजामती कर्मचारीहरु सरकार तथा प्रभावशाली पक्षको निशानामा नपर्न प्रयास गर्ने गर्दछन् । दश सदस्यीय इजलासले न्यायधीश इसाको मुद्दा सुनुवाई गर्दै उनी बिरुद्ध लगाइएका अभियोगहरु निराधार रहेको साबित गरिसकेको छ । स्रोत याहु न्युज

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  २ : ४२ बजे

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव