सुर्खेतमा पनि खुल्यो जावा मोटरसाइकलको डिलर « Khabarhub

सुर्खेतमा पनि खुल्यो जावा मोटरसाइकलको डिलर


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लिले जावा मोटराइकलको थप एक शोरूम विस्तार गरेको छ ।

कम्पनीले वीरेन्द्रनगरपालिका–३ मुलपानी, जुम्ला रोड सुर्खेतमा आफ्नो नयाँ डिलर एम.पी मोटोहवको स्थापनासँगै सुसज्जित र पूर्ण रुपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरूम सञ्चालनमा ल्याएो हो ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगञ्जका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरूउपलब्ध गराइसकेपछि सुर्खेतमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको हो ।

अग्नि मोटोइन्क प्रा.लिका महाप्रबन्धक शरद मिश्रले भदौ ९ गते बुधबार शोरूमको उद्घाटन गरे । सो क्रममा उनले भने, “जावा मोटरसाइकल शहर र राजमार्गहरुमा हाँक्नका लागि निकै आनन्ददायक छ । हामीसँग फरक–फरक व्यक्तित्वलाई सुहाउने फरक–फरक मोडलहरू छन उदाहरणका लागि भीडभन्दा बाहिर उभिनबाहेक अरु केही नचाहने तथा आफ्नो मोटरसाइकल आफ्नो रुचिअनुकूल संरचित गर्नका लागि ठूलो पैसा खर्च गर्ने सोचमा हुनेहरूका लागि पेराक एउटा रोचक विकल्पको रूप मा आउँछ भने जावा र जावा फोर्टी–टूले यसअघि नै नै देशभरि तरंग सिर्जना गरिसकेकोे छ ।”

जावा मोटरसाइकल सुर्खेत बजारमा पनि विशेषगरी युवाहरू र मोटरसाइकल प्रेमीहरूकाबीच सफल हुनेमा आफूहरू सुनिश्चित भएको उनले दावी गरे ।

त्यस्तै, एम.पी मोटोहबका प्रबन्ध निर्देशक रोशन तिवारीले “हाम्रो थातथलोमा क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल ल्याउन पाउँदा हाम्रा लागि गर्वका कुरा हो । हाम्रो सुर्खेत र यसका वरिपरिका क्षेत्रमा मोटरसाइकल प्रेमीहरूका लार्गि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित भएका छौं ।”

उनले जावा एक प्रमाणिक र प्रतिष्ठित ब्रान्ड भएको दावी गर्दै अगाडि भने “यसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्नेमा म धेरै आशावादी छु कि र उनीहरू नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा सुर्खेतमा हाम्रा ग्राहकहरूबीच तत्काल हिट हुने म विश्वस्त छु ।”

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वीरेन्द्रनगरपालिका–३ मुलपानी, जुम्ला रोड र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’का लागि सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो, जुन आफ्नो स्वर्णिम समयमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँग ईन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको थियो । यो सन् १९६० को प्रारम्भिक दशकमा भारतीय बजारमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : ३२ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा