पछिल्लो २४ घण्टामा ४ लाख १० हजार जना कोरोनामुक्त « Khabarhub

पछिल्लो २४ घण्टामा ४ लाख १० हजार जना कोरोनामुक्त

थपिने करिब ५ लाख नजिक, ८ हजार बढीको मृत्यु


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख १० हजार ८३९ जना कोरानामुक्त भएका छन् ।

ओल्डोमिटरको नयाँ विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा ७० हजार ९६२ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी भारतमा २८ हजार, इरानमा २५ हजार, बेलायतमा २६ हजार, टर्कीमा २० हजार र रुसमा १५ हजार वढी निको भएका छन् । ब्राजिलमा ६ हजार मात्र निको भएका छन् ।

यससँगै कुल संक्रमित २३ करोड १८ लाख, ५३ हजारमध्ये २० करोड ८४ लाख ४४ हजार जना कोरोनामुक्त भइसकेका छन् ।
हालसम्म साढे ४७ लाखको कोरोनासंक्रमणका कारण मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ८ हजार २९४ जना संक्रमितको मृत्यु भएको छ । तीमध्ये अमेरिकामा एक हजार ९४५, रुसमा ८२८, ब्राजिलमा ६८०, भारतमा २९१, इरानमा २८४, टर्कीमा २२१ र बेलायतमा १८० जनाको मृत्यु भएको छ ।

यही अवधिमा ४ लाख ८५ हजार ८१० जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा पनि अमेरिकामा सबैभन्दा धेरै छन् । जहाँ १ लाख २१ हजार १६६ जना संक्रमितको पहिचान भएको छ । यसैगरी भारतमा २९ हजार ५८०, ब्राजिलमा १९ हजार ४३८, बेलायतमा ३५ हजार ६२३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी रुसमा २१ हजार ३७९, टर्कीमा २७ हजार १९७ र इरानमा १५ हजार २९४ जनामा संक्रमण पाइएको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ६ : ३० बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै