काठमाडौँ- कोरोना भाइरसको संक्रमण कम हुँदै गएको भारतमा सक्रिय संक्रमितको संख्या पनि घट्न थालेको छ ।
संक्रमणमुक्त हुँदै जानेको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या घटेको हो । वर्ल्डो मिटर्सका अनुसार शनिबार बिहानसम्म भारतमा ३ लाख ७ हजार ६१० जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ५८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३६ लाख २३ हजार ७२ पुगेको छ ।
यस्तै कोरोना भाइरसको संक्रमणपछि त्यहाँ मृत्यु हुनेको संख्या ४ लाख ४६ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा २९१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४६ हजार ६९० पुगेको छ ।
प्रतिक्रिया