चक्कु प्रहारबाट युवकको मृत्यु « Khabarhub

चक्कु प्रहारबाट युवकको मृत्यु


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिकामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

शुक्रबार साँझ ५ बजेतिर दुई छिमेकीबीच भएको सामान्य विवादले गम्भीर रूप लिँदा इटहरी–३ तालतलैयाका २३ वर्षीय राजु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीइ ६० वर्षीय देवीप्रसाद अधिकारीले चक्कु प्रहार गरेर गम्भीर घाइते भएका थापाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा  मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले जानकारी दिए ।

बारीमा घाँस काटेको विषयमा अधिकारी र थापाबीच विवाद भएको सोही क्रममा अधिकारीले चक्कु प्रहार गरेको अनुसन्धानबाट खुलेको डीएसिफ केसीले बताए ।

सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाका अनुसार चक्कु प्रहार गर्ने अधिकारी पनि घाइते भएकाले उनको पनि धरानमै उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १० : ३१ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी