आदित्य भन्छन्– कथात्मक भिडियोमा नयाँपन दिन्छु | Khabarhub Khabarhub

आदित्य भन्छन्– कथात्मक भिडियोमा नयाँपन दिन्छु


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–म्यूजिक भिडियो निर्देशक आदित्य बुढाथोकी नेपाली म्यूजिक भिडियोमा रुचाइएका निर्देशक हुन् । उनीसँग थिएटर, टेलिफिल्म र फिल्ममा अभिनयको पनि अनुभव छ । ललितपुरको गोदावरीमा जन्मिएका आदित्य एक दशक बढी समयदेखि भिडियो निर्देशनमा सक्रिय छन् । यिनै निर्देशक आदित्यसँग खबरहबले गरेको कुराकानीको सारसंक्षेपः–

म्यूजिक भिडियो निर्देशनमा व्यस्तता कस्तो छ ?
अहिले व्यस्त नै छु । म्यूजिक भिडियो निर्माणको काम जारी नै छ । अहिले कामको अभाव छैन ।

तपाईंको भिडियोमा नयाँ कलाकारले कत्तिको स्थान पाएका छन् ?
नयाँ कलाकारलाई लिएर काम गर्न म सधैं उत्साहित नै रहन्छु । नयाँ कलाकारको नयाँ कुरा बुझ्न र हेर्न चाहन्छु । उनीहरुबाट भिडियोमा केही नयाँ कुरा ल्याउन चाहन्छु ।

तपाईंको भिडियोको विशेषता के हो ?
म कुनै पनि गीत तथा शब्दलाई सुनेर त्यसलाई कथात्मक रुपमा दृश्यमा उतार्ने गर्छु । कथात्मक भिडियोमा नयाँपन दिन्छु । जुन दर्शकले मनपराउन सकुन् ।

भिडियोका लागि कलाकार छनोट गर्न गाह्रो छ भन्छन् नि ?
अहिलेको अवस्थामा गाह्रो नै छ । किनभने कोभिड महामारीपछि फिल्मको गतिविधि प्रायः ठप्प नै छ । फिल्मको सुटिङ भइरहेका छैनन् । जसकारण फिल्मका कलाकारहरु म्यूजिक भिडियोमा व्यस्त हुनुभएको छ । उनीहरुको समय मिलाउन निकै समस्या पर्ने गरेको छ । राम्रो कलाकारलाई लिएर काम गर्न पर्खनुपर्ने अवस्था छ ।

भिडियो निर्माणमा प्रतिष्पर्धा छ ?
प्रतिष्पर्धा आफूले आफैंसँग गर्ने हो । भिडियो, फिल्ममा नयाँ नयाँ निर्देशकहरु आइरहनुभएको छ । यो राम्रो कुरा पनि हो । हामी आफ्नो काम गरिरहेका छौं । त्यसकारण प्रतिष्पर्धा भन्ने छैन ।

भिडियोमा तपाईंले पाउनुभएको उपलब्धि ?
मैले बनाएका भिडियोलाई दर्शकले मनपराउनुभएको छ । स्रष्टाहरुले पनि सही मूल्यांकन गरिदिनुभएको छ । त्यो नै मेरो लागि उपलब्धि र सम्पत्ति हो ।

दर्शकले मनपराएका तपाईंका भिडियोहरु ?
पूर्णिमाको रात मेरो, कान्छीको, ए झरीलगायत छन् ।

तपाईंको भिडियो गर्न स्रष्टाहरु किन लालयित हुन्छन् ?
म आफूले पाएको काम जिम्मेवारीपूर्वक पुरा गर्छु । त्यसमा पूर्णरुपमा लगनशिलता देखाउछु । यहीकारण स्रष्टाहरु मसँग काम गर्न लालयित छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ११ : ३३ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र