४१ हजारलाई कोरोनाविरुद्धको खोप « Khabarhub

४१ हजारलाई कोरोनाविरुद्धको खोप


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा १८ वर्षमाथिका ४१ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ ।

शनिबारदेखि यहाँका १८ वर्षमाथिका ४१ हजार ६७६ जनालाई खोप लगाउने लक्ष्य रहेको बताइएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले जिल्लाको कुल जसङ्ख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारी निर्देशनअनुसार सो खोप दिन लागिएको हो ।

यसका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक र युवालाई परिचालन गरिएको र आठवटै स्थानीय तहमा दुई चरणमा खोप लगाउनका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीसहित जिल्लाभर ५४७ स्वयंसेविका परिचालन गरिएको उनको भनाइ थियो ।

कार्यालयका अनुसार जिल्लाभरका ३० स्वास्थ्य चौकी, ३२ खोप केन्द्र र कर्णाली प्रतिष्ठानबाट खोप दिन हाल ४१ हजार ७ सय ४० डोज खोप आइपुगेको छ । जिल्लाभर २४ हजार ६४८ जनाले खोप लगाएकामा १९ हजार ८४७ ले दोस्रो मात्रा लगाइसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले सबै नागरिकलाई खोपको पहुँच पुर्‍याउने सरकारको लक्ष्य सफल पार्न सबैको सहयोग आवश्यक भएको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ८ : ०१ बजे

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी