गाउँ नगर अधिवेशनमा देखिएको उत्साहले कांग्रेसलाई बलियो बनाउँछ: देउवा « Khabarhub

गाउँ नगर अधिवेशनमा देखिएको उत्साहले कांग्रेसलाई बलियो बनाउँछ: देउवा

स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागी हुन आग्रह


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ नगर अधिवेशनमा देखिएको उत्साहले कांग्रेसलाई बलियो बनाउँने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा पार्टीको गाउँ र नगर अधिवेशनको सफलताको शुभकामना दिँदै देउवाले अधिवेशनमा देखिएको उत्साहलाई पार्टीलाई अझ बलियो बनाउने बताए ।

उनले कोभिड १९ विरुद्ध स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागि हुन कार्यकर्ताहरूमा आग्रह समेत गरेका छन् ।

देउवाले भनेका छन्, ‘तपाईंरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु ।’

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज अधिकांश जिल्लामा पालिका अधिवेशन भइरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १ : १८ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त