ओलीको गृहनगरमा नेकपा एकीकृत समाजवादीले गठन गर्‍यो कमिटी « Khabarhub

ओलीको गृहनगरमा नेकपा एकीकृत समाजवादीले गठन गर्‍यो कमिटी


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले दमक नगर कमटी घोषणा गरेको छ ।

झापाका १५ स्थानीय तह मध्ये नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा आलीको गृहनगर समेत रहेको दमकमा पहिलो पटक नगर कमिटी घोषणा गरिएको हो ।

महेश घिमिरेको अध्यक्षतामा रहेको नगरकमिटीमा हमला सिटौला, बिराट जवेगू र सुमन कार्की उपाध्यक्ष छन् । निर्मल लामिछाने सचिव रहेको नगर कमटीमा रोशन भण्डारी र अनिलदेव राई उपसचिव छन् ।

पार्टीका जिल्ला अध्यक्ष बेदराज रेग्मीले नगरकमिटीको नामावाली घोषणा गरेका हुन् ।

पार्टीका केन्द्रीय सदस्य इन्द्र बुढाथोकी, जिल्ला अध्यक्ष रेग्मीसहितका नेताको उपस्थितीमा नवघोषित नगरकमिटीको सपथ ग्रहण पनि गराइएको छ ।

जिल्लामा पार्टी संगठन निर्माणलाई अघि बढाउने क्रममा दमकमा कमटी घोषणा गरिएको जिल्ला प्रचार विभाग प्रमुख तिर्थ सिग्देलले जनाए ।

दशैँ अघिनै झापाका आधाभन्दा बढि स्थानीय तहमा कमिटी घोषणा गरिने केही जनसंगठन पनि निर्माण गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  २ : ४३ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल