जसपा गुटैगुटको पार्टी हो : ठाकुर « Khabarhub

जसपा गुटैगुटको पार्टी हो : ठाकुर


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभिन्न गुटउपगुटको पार्टी रहेको आरोप लगाएका छन् ।

पार्टीको कार्यविशेषले शनिवार जनकपुरधाम पुगेका महन्थ ठाकुरले लोसपामा गुटउपगुट रहेको आरोप निराधार रहेको भन्दै जसपामा नै गुट उपगुट रहेको टिप्पणी गरे । उनले लोसपालाई सानो गुट भन्नेहरुलाई पहिले आफ्नो घरमा नियाल्न सुझाव दिए ।

अध्यक्ष ठाकुरले एमसीसीलाई अहिले हौवा बनाएको बताउँदै एमसीसी संसदमा आएपछि मात्र आफनो पार्टीको आधिकारिक धारणा बनाउने बताए । यद्यपी उनले आफूहरु एमसीसीको विरोधमा नरहेको उल्लेख गरे । उनले सरकारमा सहभागी हुने बिषयमा कुनै छलफल नभएको बताए ।

आइतबार बिहान ११ बजेका लागि डाकिएको लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुरधाम पुगेका हुन् । ठाकुरको प्रमुख आतिथ्यमा हुने उक्त बैठकबाट संसदीय दलको नेता चयन गरिने बताइएको छ । जनता समाजवादी पार्टी (जसपा)का ५५ सांसदमध्ये १६ सांसद लोसपा रोजेका छन् । जसमध्ये चार सांसद दलका नेताको आकांक्षी छन् ।

 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ७ : १५ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर