सर्वोच्च अदालतमा इजलास शुरू हुन सकेन « Khabarhub

सर्वोच्च अदालतमा इजलास शुरू हुन सकेन

प्रधानन्यायाधीश राणाबाहेकका न्यायाधीशहरु छलफलमै


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मार्ग प्रशस्त गर्नुपर्ने धारणामा रहेको सर्वोच्च अदालतका न्यायाधिसहरु इजलासमा नगई छलफलमै छन्।

न्यायाधीसहरुले इजलासमा नगई छलफलमा रहेकाले प्रधानन्यायाधीश राणाको नेतृत्व अघोषित रूपमा अस्वीकार गरी बेञ्ज बहिष्कारको रूपमा हेरिएको छ।

प्रधानन्यायाधीश राणाले बोलाएको फुल कोर्टको बैठकमा सहभागी नहुने निर्णय गरेका सर्वोच्च अदालतमा उपलब्ध सबै न्यायाधिसहरु अहिले बैठकमै छन्।

सर्वोच्च अदालतमा उपस्थित न्यायाधिसहरु बैठकमा रहेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १३ जना न्यायाधीशलाई ७ वटा पेशी तोकेपनि कुनैपनि इजलास बस्न सकेको छैन।

खबरहबसंग कुराकानी गर्दै एक न्यायाधिसले विभिन्न विषयहरूमा छलफल भएको र बैठक लम्बिन सक्ने बताए, उनले न्यायिक नेतृत्वलाई अब स्वीकार गर्न नसकिने भन्दै भद्र रूपमा राणाले मार्ग प्रशस्त गरुन् भनी इजलासमा नगएको अर्थमा बुझ्नुपर्ने बताए।

सर्वोच्चबाट अब बिदा लिई मार्ग प्रशस्त गर्न राणा तयार भए त्यस्तो बैठकमा सहभागी हुने तर उनले गर्ने अन्य गतिविधिले न्यायपालिकाको गरिमालाई जोगाउन नसक्ने उनले बताए। प्रधानन्यायाधीश राणाले आज पनि आफ्नो इजलास तोकेका छैनन्।

एक पछि अर्को विवादमा तानिँदै गएका प्रधानन्यायाधीश राणाले बिदापछि अदालत खुले देखीनै आफूलाई बहिष्कार गर्नसक्ने डरले आफ्नालागि पेशी नै तोकेका छैनन। सर्वोच्च अदालतका सबै न्यायाधीसहरुले अवज्ञा गरेको देखीएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १२ : ५७ बजे

जनकपुरमा कांग्रेस प्रतिज्ञा सभाको तयारी (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ । सभामा सभापति

बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै

काठमाडौं– काभ्रेको बनेपामा आज भएको एक घटनामा आगलागी भएको टिपरमा

चार दलका घोषणापत्र : अझै सपनाको उडान झेल्दै स्वास्थ्य सेवा

आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न दलले

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन

ढोरपाटन– एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ

उत्तरी जापानमा हिउँले पुरिएका तीन जनाको उद्धार

एजेन्सी– उत्तरी जापानमा बुधबार हिउँमा पुरिएका तीन जनालाई उद्धार गरिएको