सर्वोच्च अदालतमा इजलास शुरू हुन सकेन « Khabarhub

सर्वोच्च अदालतमा इजलास शुरू हुन सकेन

प्रधानन्यायाधीश राणाबाहेकका न्यायाधीशहरु छलफलमै


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मार्ग प्रशस्त गर्नुपर्ने धारणामा रहेको सर्वोच्च अदालतका न्यायाधिसहरु इजलासमा नगई छलफलमै छन्।

न्यायाधीसहरुले इजलासमा नगई छलफलमा रहेकाले प्रधानन्यायाधीश राणाको नेतृत्व अघोषित रूपमा अस्वीकार गरी बेञ्ज बहिष्कारको रूपमा हेरिएको छ।

प्रधानन्यायाधीश राणाले बोलाएको फुल कोर्टको बैठकमा सहभागी नहुने निर्णय गरेका सर्वोच्च अदालतमा उपलब्ध सबै न्यायाधिसहरु अहिले बैठकमै छन्।

सर्वोच्च अदालतमा उपस्थित न्यायाधिसहरु बैठकमा रहेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १३ जना न्यायाधीशलाई ७ वटा पेशी तोकेपनि कुनैपनि इजलास बस्न सकेको छैन।

खबरहबसंग कुराकानी गर्दै एक न्यायाधिसले विभिन्न विषयहरूमा छलफल भएको र बैठक लम्बिन सक्ने बताए, उनले न्यायिक नेतृत्वलाई अब स्वीकार गर्न नसकिने भन्दै भद्र रूपमा राणाले मार्ग प्रशस्त गरुन् भनी इजलासमा नगएको अर्थमा बुझ्नुपर्ने बताए।

सर्वोच्चबाट अब बिदा लिई मार्ग प्रशस्त गर्न राणा तयार भए त्यस्तो बैठकमा सहभागी हुने तर उनले गर्ने अन्य गतिविधिले न्यायपालिकाको गरिमालाई जोगाउन नसक्ने उनले बताए। प्रधानन्यायाधीश राणाले आज पनि आफ्नो इजलास तोकेका छैनन्।

एक पछि अर्को विवादमा तानिँदै गएका प्रधानन्यायाधीश राणाले बिदापछि अदालत खुले देखीनै आफूलाई बहिष्कार गर्नसक्ने डरले आफ्नालागि पेशी नै तोकेका छैनन। सर्वोच्च अदालतका सबै न्यायाधीसहरुले अवज्ञा गरेको देखीएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १२ : ५७ बजे

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र