एक्लिएका प्रधानन्यायाधीश राणालाई प्रधानमन्त्री देउवाको साथ  « Khabarhub

एक्लिएका प्रधानन्यायाधीश राणालाई प्रधानमन्त्री देउवाको साथ 


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बहिष्कारमा परेर एक्लिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानमन्त्री शेरबहादुर देउवाको साथ रहेको पाइएको छ।

सर्वोच्चको नेतृत्वबाट राजीनामा गरी मार्ग प्रशस्त गर्न प्राय: सबै न्यायाधीशहरु एकमत रहेका बेला पनि प्रधानमन्त्री देउवा प्रधानन्यायाधीश राणाको उद्धार गर्न चाहिरहेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले राणालाई महाअभियोग या उनीविरूद्ध नेपाली कांग्रेस, सरकार र गठबन्धनको असहयोग नरहनेमा विश्वस्त पारेपछी राणा राजीनामाको मुडबाट पछि हटेका छन्।

सङ्कटमा परेका राणा लगातार सत्तारुढ दलका नेताहरूसँगको सम्पर्कमा छन्। एकपछि अर्को विवाद र आलोचनाले घेरिएका प्रधानन्यायाधीश राणा दशैंअघिदेखि नै राजनीतिक संरक्षण खोजी रहेका थिए।

राणाले आज बिहानै पनि प्रधानमन्त्री देउवाको साथ रहेकाले पदमा टिक्न कसरत गरेका थिए। उनले बिहानैदेखि धेरैलाई टेलिफोन गरी राजनीतिक तहबाट कुनै अवरोध नरहेको र आफूलाई हटाउन महाअभियोगबाहेक अर्को बाटो नरहेकाले सहयोग गर्न आग्रह गरेका थिए।

संकटमोचनका लागि दसैँ बिदामा पूर्वप्रधानन्याधीश र सत्तारुढ गठबन्धनका नेताहरूसँग भेटवार्ता गरेका राणाले पछिल्ला दिन राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। प्रधानन्यायाधीश राणाले केही दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटी सहयोग खोजेसँगै उनले मिलेर अघि बढ्ने बचन दिएका थिए।

सर्वोच्चमा एक्लिएपछि पनि नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई प्रचण्डले राजीनामै माग्ने तहसम्म नजान दबाब दिएपछि उनले अलमल गर्दै आएका थिए।

सत्तारूढ दलका शीर्ष नेताहरू राणालाई जोगाउन विभिन्न निकायहरूलाई निर्देशन दिँदै आए पनि सर्वोच्चका सबै न्यायाधीशहरु अदालतको गरिमा नै प्रधानन्यायाधीश राणाबाट खल्बलीएकाले उनलाई राजीनामाका लागि दबाब दिने निर्णयमा पुगेका थिए।

हिजो मात्रै सर्वोच्चमा उपलब्ध १४ जना र बिदामा रहेका गरी सबै न्यायाधिसहरु उनीविरुद्ध उभिने निर्णय गरेका थिए। राणाले आजका लागि डोकेको ‘फुलकोर्ट’ बहिष्कार गर्दै न्यायाधीशहरु अहिले पनि बैठकमा छन्।

जबराले आजका लागि तोकेका इजलासमा नगई सर्वोच्चका सबै न्यायाधीशहरुले इजलास बहिष्कार र भद्र अवज्ञा गर्दा पनि सत्तारुढ गठबन्धन मौन छ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १ : २८ बजे

यी मुख्य चार क्षेत्रमा सुधारसहित अर्थमन्त्रीले ल्याए ७ प्रतिशत आर्थिक वृद्धिको खाका

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको वर्तमान आर्थिक अवस्थाबारे ७६

अर्थमन्त्रीको निष्कर्ष : वितरणमुखी अतिवाद र फितलो कार्यान्वयनले अर्थतन्त्रलाई अनुत्पादक चक्रमा फसायो

काठमाडौं– सरकारले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेको छ। अर्थमन्त्री

समातियो नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह, यसअघि पटके अपराधमा मुछिएका नै संलग्न

काठमाडौं– नक्कली मुद्रा जस्तो देखिने कागज प्रयोग गरी सर्वसाधारणलाई ठगी

साहित्यकार खगिन्द्रा खुसीलाई ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’  

काठमाडौं‍– तेस्रो आँखा साहित्यिक समूहको आयोजनामा काठमाडौँको मध्य बानेश्वरमा एक

सार्वजनिक जग्गाको बहानामा गरिबमाथि धरपकड गर्ने सरकारसँगै छैन हदभन्दा बढी लिनेको तथ्यांक

काठमाडौं– शनिबारदेखि देशका केही ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण गरेकाहरूको बस्ती