दुई जनाको मृत्यु, घाइते ६३ मध्ये १५ को अवस्था गम्भीर « Khabarhub

दुई जनाको मृत्यु, घाइते ६३ मध्ये १५ को अवस्था गम्भीर


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पाँचथरको फिदिममा भएको बस दुर्घटनामा घाइते ६५ जनामध्ये दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते उनीहरुको उपचारका लागि समर्पित अस्पताल ल्याइएका एक बालक र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटना घाइते बाँकी ६३ जनामध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ  । उनीहरुको पाँचथर, झापा र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

४४ सिट  क्षमताको को १ ख ३८६५ नम्बरको बस अधिक क्षमताका कारण शान्तिपुरमा अर्को सवारी साधनलाई उछिन्न खोज्दा सडकको डिलबाट खोँचमा झरेको थियो।

फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको उक्त बसमा दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेका पाँचथरकै कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  २ : १६ बजे

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई