सुडानका प्रधानमन्त्रीसहित दर्जनौँ नेता सेनाको नियन्त्रणमा, राजधानी खार्तुममा 'तनाव' | Khabarhub Khabarhub

सुडानका प्रधानमन्त्रीसहित दर्जनौँ नेता सेनाको नियन्त्रणमा, राजधानी खार्तुममा ‘तनाव’


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौँ नेताहरुलाई गिरफ्तार गरेको छ ।

प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरुद्धारा जारी समाचारमा उल्लेख छ ।

सञ्चार मन्त्रालयले प्रधानमन्त्री हम्डकलाई सेनाको नियन्त्रणमा राखिएको पुष्टि गरेको छ । सोमबार सत्ताविद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भनेपनि उनले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएको हो । उनलाई अहिले सेनाले अज्ञात स्थलमा राखेको छ ।

नागरिक अगुवाहरु समेत सम्मिलित सुडानी सरकार र सेनाका बीचमा पछिल्लो केही समयदेखि सम्वन्धमा तिक्तता आएको थियो । सत्ता कब्जा गरेको सेनाले देशभरी इन्टरनेटलगायतका सञ्चार सेवाहरु अवरुद्ध गरेको छ । त्यसैगरी राजधानी खार्तुम ओहोरदोहोर गर्ने मुख्य सडक र पुलहरु बन्द गरिएका छन् ।

सेनाको कदमको विरुद्धमा राजधानी खार्तुमसहितका क्षेत्रमा प्रदर्शन चर्किएको छ । प्रदर्शनमा सहभागीहरुलाई  पनि सेनाले गिरफ्तार गरेको छ ।

तस्वीर : एएफपी

देशका विभिन्न ठाउँमा दर्जनौँ प्रदर्शनकारीहरु भेला भएर सेनाको कदमको विरोध गरेका छन् । प्रदर्शनकारीहरुलाई तितरवितर पार्न सेनाले अश्रुग्यास प्रहार गर्नेलगायतका प्रतिरोधात्मक कदमहरु पनि चालेको छ ।

प्रदर्शनकारीहरुले सेनाले सैन्य ‘कु’ गरेको बताएका छन् । उनीहरुले नागरिकसहितको सरकारलाई नै कार्यअधिकार दिन माग गरेका छन् ।

तत्कालीन राष्ट्रपति बशिरको विरोधमा संगठित भएको सुडानिज प्रफेसनल एसोसिएसन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आम जनता समक्ष अनुरोध गरेको छ ।

तत्कालीन सरकारले मुल्यबृद्धि त्यसका विरुद्धमा सन् २०१९ मा सुरु भएको आन्दोलनले त्यो सरकार ढलाएर नयाँ सरकार गठन गरेको थियो । प्रधानमन्त्री अब्दल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिक स्तरको संक्रमणकालीन सरकारका रुपमा गठन भएको थियो ।

सर्वपक्षीय सहमतिमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारलाई समेत अहिले सेनाले अपदस्त गरेको हो । नागरिक अगुवासहितको सरकारलाई अपदस्त गरेकोप्रति अन्तर्राष्ट्रिय समुदायबाट पनि चर्को विरोध भएको छ । संयुक्त राज्य अमेरिकाले सुडानी सेनाले गरेको सत्ताविद्रोह प्रति आपत्ति जनाएको छ ।

सुडानका लागि अमेरिकी दूत जेफ्री फेल्टम्यानले विज्ञप्ति प्रकाशन गरी नागरिक सरकारप्रतिको सुडानी जनताको चाहनालाई सैनिक विद्रोहले कुठाराघात गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ३ : ०३ बजे

पशुपन्छी फार्ममा आगलागी हुँदा ५० बाख्रा मरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट

लन्डनमा कुलमानले भने- नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर छ, त्यसकालागि सही नीति र नेतृत्व हुनुपर्‍यो

लन्डन– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु क्षेत्रीय

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ

सवारी दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

झापा– झापाको कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा

राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेले शपथ लिँदै

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरी