सर्वोच्च विवादमा ओलीको टिप्पणी– अदालत सट्टापट्टामा चलाएर न्यायको हुर्मत लिइयो « Khabarhub

सर्वोच्च विवादमा ओलीको टिप्पणी– अदालत सट्टापट्टामा चलाएर न्यायको हुर्मत लिइयो


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले अदालतलाई सट्टापट्टामा चलाई न्यायको हुर्मत लिएको आरोप लगाएका छन्।

झापाको गौरादहमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले अदालतमा कही नभएको जात्रा देखीएको बताए ।

‘कहिले परमादेश जारी गरेर, कहिले गुटबन्दी, कहिले सट्टापट्टाले दुनियाँमा कहीँ नभएको जात्रा सर्वोच्च अदालतमा देखिएको छ,’ उनले भने । न्यायलाई सत्तागढबन्धनले सट्टा पट्टा गरेर अदालतको सम्मान घटाएको उनको टिप्पणी छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भागवण्डा खोजेर सत्ता पनि चलाउन खोजेको भन्दै न्यायिक वृत्तबाटै उनलाई वहिष्कार शुरू भएको छ । सर्वोच्चकै न्यायाधीश, नेपाल बार एसोसिएसन, पूर्वन्यायाधीश संगठन र अधिवक्ताहरुले प्रधानन्यायाधीश जवराको राजीनामा मागिरहेका छन् ।

ओलीले सोमबार नै आफ्नो निर्वाचन क्षेत्र झापा-५ स्थित गौरादहमा कृषि होमस्टेको उद्घाटन गरे ।

गौरादह-५ मा रहेको एकीकृत नमूना खेतीद्वारा निर्मित नमूना पाहुना घर अर्थात होमस्टेको ओलीले उद्घाटन गरेका हुन् ।

जिल्ला बसाइको दोस्रो दिन उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गौरादहमा पुगेर कृषि पर्यटनको गन्तव्यको रुपमा सूचीकृत सो स्थानमा होम स्टे उद्घाटन गरेका हुन् ।

उक्त स्थान सरकारले छनौट गरेका १०० पर्यटकीय गन्तव्यमध्ये कृषि पर्यटन क्षेत्रको रुपमा सूचिकृत छ । स्थानीय महारानीझोडा साना किसान कृषि सहकारी संस्थाद्वारा प्रवर्द्धन गरिएको नमूना खेतीमा सरकारकै सहयोगमा पाहुना घर निर्माण गरिएको हो ।

एक करोड २० लाख रुपैयाँको लागतमा पाहुना घरका साथै ज्येष्ठ नागरिक चौतारी एवम् कोशेली घरसमेत निर्माण गरिएको नमूना एकीकृत खेतीका अध्यक्ष बेधनिधी चापागाँईले जानकारी दिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ५ : ४५ बजे

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री 

नुवाकोट– सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४

अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक

काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।

भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुर- भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु

बीस स्रष्टासँगको अन्तर्वार्तामा आधारित ‘प्राज्ञिक संलाप’ पुस्तकमाथि परिचर्चा

काठमाडौं- नेपाली साहित्यका विभिन्न विधामा स्थापित २० जना स्रष्टासँग गरिएको

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि