कर्मकाण्डी ब्राहमणको गंगा जल पिउने धोको : प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

कर्मकाण्डी ब्राहमणको गंगा जल पिउने धोको : प्रेरक प्रसङ्ग


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक ब्राह्मण बडो कर्मकाण्डी थिए । बिहानको समय पूजापाठ नगरी उनी कहिल्यै अन्न ग्रहण गर्दैनथे । वृद्धावस्थामा जब उनी रोगी भए उनी अन्त्य नजिक पुगे तब उनले सोचे, मर्नु अगाडि एक घुट्को गंगा जल पिउनुपर्‍यो, यसले मैले जानी नजानी गरेका सबै पाप पखालिने छन् । साथै मोक्ष पनि प्राप्त हुनेछ ।

अचानक कबीरदास घुम्दाघुम्दै ती ब्राह्मणको घरमा पुगे । ब्राह्मणको हालचाल सोधेर उनले उनको सेवा गर्ने इच्छा प्रकट गरे ।
ब्राह्मणले द्रवीभूत भएर भने, छोरा, मलाई कसैको सेवाको आवश्यकता छैन । बस तिमीले मलाई एक लोटा गंगाजल ल्याइदेऊ । म मर्नु अगाडि गंगाजल ग्रहण गरेर पापमुक्त हुन चाहन्छु ।

कबीरदास गएर आफ्नो लोटामा गंगाजल लिएर आए । यो देखेर ब्राह्मणले भने, तिमीलाई आफ्नो लोटामा गंगाजल ल्याउन कसले भन्यो ? जुलाहाको लोटाले गंगाजल ग्रहण गरेर म पापमुक्त हुन सक्दिनँ उल्टो आफ्नो धर्म पनि भ्रष्ट हुनेछ ।

कबीरदासले शान्त स्वरमा भने, पण्डितजी, जब गंगाजलले एउटा जुलाहाको लोटालाई पवित्र बनाउन सक्दैन भने त्यो गंगाजलबाट तपाईं कसरी पापमुक्त हुन सक्नुहुन्छ ।

ब्राह्मणले कबीर दासको यो प्रश्नको जवाफ दिन सकेनन् । उनी एकटक लगाएर उनको मुख हेर्न थाले ।

साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ६ : ०५ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली