फूलकोर्ट बैठक बस्दै, मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय हुने « Khabarhub

फूलकोर्ट बैठक बस्दै, मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय हुने


९ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतमा आज फूलकोर्ट बैठक बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका सर्वोच्चका न्यायाधीशहरूको बुधबार बसेको बैठकले पेसी तोक्दा गोलाप्रथा लागू गर्न आज (बिहीबार) फूल कोर्ट बैठक बस्ने सहमति गरेका थिए।

न्यायाधीशहरू मंसिर १५ गतेदेखि नै गोलाप्रथा लागू गर्ने निर्णय गर्न फूलकोर्ट बस्न लागेको हो। गोला प्रक्रियाद्वारा इजलास गठनका लागि प्रशासनिक र प्राविधिक तयारी भने पूरा भइसकेको छ।

अघिल्लो साता न्यायाधीशहरूको फूल कोर्ट बैठकले सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्दै निर्देशिका पास गरेको थियो ।

उक्त नियमावलीमा सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गर्दै पेसी तोक्ने व्यवस्था प्रधानन्यायाधीशले नभएर ‘पेसी व्यवस्थापन निर्देशन समिति’ले गर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ८ : ०६ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण