एमाले महाधिवेशन तयारीको काम ७५ प्रतिशत सम्पन्न | Khabarhub Khabarhub

एमाले महाधिवेशन तयारीको काम ७५ प्रतिशत सम्पन्न


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन भोलि (शुक्रबार)देखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ ।

एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि आजदेखि आउने क्रम सुरु हुनेछ । महाधिवेशन प्रतिनिधिका लागि सौराहामा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ । महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको छ ।

गैँडाको मस्कट तयार

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टोलीले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको हो । चितवन एकसिङ्गे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमाले चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो ।

यो मूर्ति महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिनेछ । मूर्ति राख्नका लागि मञ्चको पश्चिमतर्फको भागमा बेस निर्माण गरिएको छ । यही मङ्सिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा छ । उद्घाटन सत्रमा लाखौँ कार्यकर्ता सहभागी हुने भएकाले प्रदर्शनका लागि गैँडाको मस्कटसहित केही सेल्फी प्वाइन्ट निर्माण गरिएका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को थिममा चित्रकला

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थान होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएके छन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’को थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ कलाकारले चित्र कोरेका छन्। होटलको २०० मिटर लामो पर्खालमा कलाकारले चित्र कोरेका हुन् ।

महाधिवेशन मूल आयोजक समितिको संयोजनमा सिर्जनशील ललितकला सङ्घ र प्रगतिशील ललितकला सङ्घको आयोजनामा चित्रकला आयोजना गरिएको हो । विसं २०५५ देखि चित्रकलामा सक्रिय वर्ड आर्ट लिङ्कका सञ्चालक योगेश खनालले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणामा चित्र कोरिएको बताउनुभयो । करिब २०० लामो पर्खामा कोरिएको चित्र हेर्दा देशले चाहेको विकास र समृद्धिबारे सहजै बुझ्न सकिने भन्दै खनालले अधिकांश नवप्रवेशीले चित्र चित्रकलामा भाग लिएका जानकारी दिनुभयो ।

कलाकारले देशले शान्ति चाहेको आकृति, आँखाको नानीमा सूर्य चिह्नभित्र विकासका सूचक झल्कने चित्र, कृषिमा क्रान्तिको खाँचो औँल्याउने खालका चित्र, स्वयम्भू, धरहरा, परेवा, दुर्लभ पाटेबाघसहितका चित्र कोरेका छन् । उत्कृष्ट चित्र बनाउने कलाकारलाई एमालेको महाधिवेशन उद्घाटनका दिन अध्यक्ष केपी शर्मा ओलीले नगद र प्रमाणपत्रसहित पुरस्कृत गर्ने बताइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ८ : २० बजे

कांग्रेस बैठकमा मुख्यमन्त्री पाण्डेले भने- फागुन २१ मै चुनाव हुने संकेत छ, हामीले ‘हुँदैन’ भन्नु ठिक होइन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र

पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर, जम्मा १७ प्रतिशत उत्तीर्ण 

काठमाडौं– प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी

जाँचबुझ आयोगविरुद्ध दायर रिटमा कारण देखाउ आदेश

काठमाडौं– सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सह-संयोजकमा नेपाल चयन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी