कांग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा ओली « Khabarhub

कांग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा ओली


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेमप्रकाश ओली सर्वसम्मत चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट उनी पुनः सभापति बनेका हुन् ।

मंगलबार भएको बन्द सत्रले पूर्वराज्यमन्त्री गोपालजंग शाहको नेतृत्वमा सहमतिको लागि एक कार्यदल बनाएको थियो । उक्त कार्यदलले सभापतिसहित जिल्ला कार्यसमितिको सहमति निर्वाचन समितिलाई बुझाएको थियो ।

सोही सहमति अनुसार जिल्ला उपाध्यक्षमा हर्कसिंह खत्री र सुरतजंग मल्ल चयन भएका छन् । सचिवमा परमेश्वर भण्डारी र तारक शाही चयन भएका छन् भने सहसचिव यज्ञ विष्ट र प्रेमबहादुर खड्का बनेका छन् ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘क’ को सभापतिमा महेन्द्र केसी र ‘ख’को सभापतिमा भद्रबहादुर विष्ट छानिएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ८ : ५५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको