नेपाल-चीन सम्बन्ध नयाँ ढङ्गले अघि बढाउन चाहन्छौँ  : शिक्षामन्त्री पौडेल « Khabarhub

नेपाल-चीन सम्बन्ध नयाँ ढङ्गले अघि बढाउन चाहन्छौँ  : शिक्षामन्त्री पौडेल


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपाल र चीनबिचको सम्बन्धलाई आजको युगको चुनौतीसँग सहकार्य गर्दै अघि बढाउन चाहेको बताएका छन् ।

काठमाडौँको कलंकीस्थित एलआरआई स्कुलमा आयोजित पान्डा बुक कर्नर हस्तान्तरण समारोहलाई बुधबार सम्बोधन गर्दै मन्त्री पौडेलले परम्परादेखि कायम रहँदै आएको दुई देशको सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउन चाहेको बताएका हुन् ।

उनले नेपाल र चीनबीच शिक्षा क्षेत्रमा देखा परेका कतिपय समस्याहरूलाई संयुक्त रूपमा समाधान गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिए । त्यस क्रममा उनले नेपाललाई चीन सरकारले विभिन्न क्षेत्रमा गरेको सहयोग र समर्थनका लागि धन्यवाद पनि दिए ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन र नेपालबीचको सांस्कृतिक आदान प्रदान भई रहेको भन्दै नेपाली विद्यार्थीहरुको शैक्षिक विकासको लागि चिनियाँ दूतावासले उच्च महत्त्व दिएको बताइनन् ।

२०७२ सालको महाभूकम्पले ध्वस्त भएका कतिपय विद्यालयहरूको पुन निर्माणमा चीन सरकारले सहयोग गरेको र अहिले विद्यार्थीहरू उत्साही भएर विद्यालय गएको देख्दा आफूलाई अत्यन्त खुसी लाग्ने गरेको राजदूत यान्छीले सुनाइन्।

राजदूत यान्छीले पान्डा बुक कर्नर चिनियाँ राजदूतावासबाट स्थापित नेपालका विद्यार्थीहरूको शैक्षिक विकासको लागि स्थापना भएको महत्त्वपूर्ण क्षेत्र बनेको पनि बताइन् ।

पान्डा बुक कर्नर देशका ५ विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १० : २४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना