कांग्रेस सिन्धुपाल्चोक २ ‘क’ सभापतिमा गिरी विजयी « Khabarhub

कांग्रेस सिन्धुपाल्चोक २ ‘क’ सभापतिमा गिरी विजयी


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा २ को प्रदेश सभा ‘क’को सभापतिमा केशवराज गिरी विजयी भएका छन् ।

प्रदेश सभा कार्यसमितिका लागि भएको निर्वाचनमा सभापतिमा गिरीले दुई सय ११ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी देवप्रसाद बानियाँले दुई सय दुई मत प्राप्त गरे ।

उपसभापति पदमा ग्याल्बो तामाङले दुई सय २३ र बासुदेव लम्साल एक सय ९७ मत ल्याएर विजयी भएका छन् । अरूणबहादुर तामाङले एक सय ५६ मत र भीमबहादुर घलेले एक सय ७२ मत ल्याए ।

सचिव पदमा एक सय ९२ र एक सय ८५ मत ल्याएर क्रमश: छत्रलाल श्रेष्ठ र पुण्यप्रसाद भट्टराई विजयी भएका छन् । उनीहरूका प्रतिस्पर्धी उम्मेदवार मानकाजी तामाङ र विदुर भट्टराईले एक सय ८३ र एक सय ६४ मत प्राप्त गरे । सहसचिवमा दुई सय २८ मत ल्याएर पुन्यप्रसाद घोरासैनी र दुई सय १२ मत ल्याएर सरोज न्यौपाने विजयी भएको सिन्धुपाल्चाेक कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १० : ३७ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको