रुपन्देहीमा ३ मा देउवा प्यानल विजयी, गुरुङ सभापतिमा निर्वाचित « Khabarhub

रुपन्देहीमा ३ मा देउवा प्यानल विजयी, गुरुङ सभापतिमा निर्वाचित


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – नेपाली कांग्रेस रूपन्देही ३ को क्षेत्रीय सभापतिमा सुशील गुरुङ निर्वाचित भएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका गुरुङ ३ सय ७७ मत ल्याएर सभापति बनेका हुन् ।

उनका प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मातृका यादवले २ सय ४२ मत मात्र पाए । सभापतिका अर्का उम्मेदवार महेन्द्रप्रसाद यादवले ४ मत मात्र पाए ।

सभापतिमा गुरुङसँगै उनको प्यानल नै विजयी भएको छ । सचिवमा चार जनाको उम्मेदवारी थियो । जसमा गुरुङ प्यानलकै भवानीप्रसाद शर्मा ३ सय ६७ मत र लेखनाथ भट्टराई ३ सय ६२ मत ल्याएर विजयी भएका छन् ।

यादव प्यानलका शैलेसकुमार पन्तले २ सय १८ र टंक प्रसाद पाण्डेले २ सय २७ मत प्राप्त गरेर पराजित भएको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।

सहसचिवमा कुलप्रसाद न्यौपाने ३ सय ७२ र प्रेमसागर थारू ३ सय ८२ मत ल्याएर विजयी भएका छन् । ‘क’ र ‘ख’ तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि गुरुङ प्यानल विजयी भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १० : ४४ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई