राजस्थानका मन्त्रीले कटरीनाको गाला मनपराएपछि… « Khabarhub

राजस्थानका मन्त्रीले कटरीनाको गाला मनपराएपछि…


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– कुनै समय पूर्व रेलमन्त्री लालूप्रसाद यादवले बिहारको सडकलाई बलिउडकी ‘ड्रीमगर्ल’ हेमा मालिनीको गालाजस्तै बनाउने प्रतिबद्धता जनाएका थिए । अहिले यस्तै प्रतिबद्धता राजस्थान सरकारका मन्त्री राजेन्द्र सिंह गुढाले अभिनेत्री कटरीना कैफलाई जोडेर व्यक्त गरेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काँग्रेसका वरिष्ठ नेताको यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा थुप्रै मिम्स बनेका छन् । राजस्थानको झुंझुनू जिल्लाको एक जनसभामा सम्बोधन गर्दै प्रदेशकाे सडक कटरीना कैफको गाला जस्तै बन्नुपर्ने धारणा राखेका थिए ।

उनको भिडियो सामाजिक सञ्जालमा आगो जसरी फैलिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियोको मिम्स बनाउदै सलमान खान, विकी कौशललाई सम्झिएका छन् । ‘जनरेशनल शिफ्ट । लालुजीद्वारा हेमा मालिनीको गाला अब हाम्रो दोस्रो पुस्ताको कटरीनामा सरेको छ’, एक प्रयोगकर्ताले लेखेका छन् ।

कटरीना र विकी डिसेम्बरको पहिलो साता विवाह गर्दैछन् । उनीहरु सिक्स्थ सेन्स, रणथंभौर, राजस्थानमा सात फेरा लगाउदैछन् । उनीहरुले सब्यसाची मुखर्जीले डिजाइन गरेको पहिरन लगाउनेछन् । समाचारअनुसार उनीहरुको निर्देशक कबीर खानको घरमा रोका सेरेमोनी भइसकेको छ ।

विकी र कटरीनाले राजस्थानमा विवाह गर्नुअघि मुम्बईमा कोर्ट म्यारिज गर्नेछन् । कोर्ट म्यारिजपछि उनीहरु जयपुर पुगेर रीतिरिवाजका साथ विवाह गर्नेछन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १२ : २० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर