राजस्थानका मन्त्रीले कटरीनाको गाला मनपराएपछि… « Khabarhub

राजस्थानका मन्त्रीले कटरीनाको गाला मनपराएपछि…


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– कुनै समय पूर्व रेलमन्त्री लालूप्रसाद यादवले बिहारको सडकलाई बलिउडकी ‘ड्रीमगर्ल’ हेमा मालिनीको गालाजस्तै बनाउने प्रतिबद्धता जनाएका थिए । अहिले यस्तै प्रतिबद्धता राजस्थान सरकारका मन्त्री राजेन्द्र सिंह गुढाले अभिनेत्री कटरीना कैफलाई जोडेर व्यक्त गरेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काँग्रेसका वरिष्ठ नेताको यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा थुप्रै मिम्स बनेका छन् । राजस्थानको झुंझुनू जिल्लाको एक जनसभामा सम्बोधन गर्दै प्रदेशकाे सडक कटरीना कैफको गाला जस्तै बन्नुपर्ने धारणा राखेका थिए ।

उनको भिडियो सामाजिक सञ्जालमा आगो जसरी फैलिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियोको मिम्स बनाउदै सलमान खान, विकी कौशललाई सम्झिएका छन् । ‘जनरेशनल शिफ्ट । लालुजीद्वारा हेमा मालिनीको गाला अब हाम्रो दोस्रो पुस्ताको कटरीनामा सरेको छ’, एक प्रयोगकर्ताले लेखेका छन् ।

कटरीना र विकी डिसेम्बरको पहिलो साता विवाह गर्दैछन् । उनीहरु सिक्स्थ सेन्स, रणथंभौर, राजस्थानमा सात फेरा लगाउदैछन् । उनीहरुले सब्यसाची मुखर्जीले डिजाइन गरेको पहिरन लगाउनेछन् । समाचारअनुसार उनीहरुको निर्देशक कबीर खानको घरमा रोका सेरेमोनी भइसकेको छ ।

विकी र कटरीनाले राजस्थानमा विवाह गर्नुअघि मुम्बईमा कोर्ट म्यारिज गर्नेछन् । कोर्ट म्यारिजपछि उनीहरु जयपुर पुगेर रीतिरिवाजका साथ विवाह गर्नेछन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १२ : २० बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी