ललितपुर कांग्रेसमा देउवा समूह विभाजित « Khabarhub

ललितपुर कांग्रेसमा देउवा समूह विभाजित


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा १० मंसिरमा जिल्ला अधिवेशन हुँदैछ ।

जसअन्तर्गत ललितपुरमा शुक्रबार जिल्ला अधिवेशन हुने भएको छ ।यसपटक ललितपुर कांग्रेसमा संस्थापन सभापति शेरबहादुर देउवा पक्ष विभाजित भएको छ । ललितपुरमा देउवा पक्ष तीन समूहमा छिन्नभिन्न भएको छ ।

वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा देउवा समूहका मदन अमात्य, उदयशमशेर राणा, प्रकाशनन्दन जोशी, जितजंग बस्नेत, कर्मा व्यञ्जनकार, नवराज महत तीनतिर बाँडिएका छन् ।

चार तहको अधिवेशनमा आफ्नो समूह पत्ता साफ भएपछि ललितपुर कांग्रेस सभापति अमात्य पूर्वअर्थराज्यमन्त्री राणासँग रिसाएका छन् ।

सोही कारण जिल्ला अधिवेशनमा अमात्यले पूर्वसभासद् रामकृष्ण चित्रकारको नेतृत्वमा नयाँ टिम तयार गरेका छन् । जसमा चित्रकार सभापति, उपसभापतिमा खोमप्रसाद घिमिरे र गजेन्द्र महर्जनले उम्मेदवारी घोषणा गरेका छन् । चित्रकार समूहलाई पूर्वसांसद चन्द्र महर्जन तथा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको साथ छ ।

उता, राणालगायतका नेताहरूले मिनकृष्ण महर्जनलाई सभापतिमा समर्थन गर्ने भएका छन् । जिल्लाका चारै तहको अधिवेशनमा राणा र महर्जनको प्यानल बनेको थियो । जसले वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा पकड जमाएको थियो । केन्द्रमा भने अमात्य र राणा दुवै देउवा पक्षका हुन् । संस्थापन पक्षमा पनि अमात्य देउवा र राणा आरजु देउवा निकट हुन् ।

ललितपुर कांग्रेस सभापतिका लागि जितेन्द्र श्रेष्ठले छुट्टै प्यानल बनाउने तयारी गरेका छन् । प्रकाशमान सिंह निकट श्रेष्ठलाई प्रकाशनन्दन जोशी, जितजंग बस्नेत, कर्मा व्यञ्जनकारलगायतको समर्थन छ । महर्जन र श्रेष्ठमध्ये जसले पहिलो राउन्डमा बढी मत ल्याउँछ उसैलाई दोस्रो चरणमा सभापतिमा समर्थन गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ३ : ४५ बजे

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !

एजेन्सी– रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले