डेढ वर्षपछि मधेश सहिद प्रतिष्ठानमा पदाधिकारी नियुक्त « Khabarhub

डेढ वर्षपछि मधेश सहिद प्रतिष्ठानमा पदाधिकारी नियुक्त


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारले मधेश सहिद प्रतिष्ठान गठन भएको डेढ वर्षपछि का पदाधिकारीहरुको नियुक्त गरेको छ । बिहीबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले दुई जना मधेश आन्दोलन र दुई जना सशस्त्र जनयुद्धको सहिद परिवारलाई नियुक्ति गरेको छ।

रौतहटबाट सुरेन्द्रकुमार जयसवाल र सप्तरीबाट कविताकुमारी ठाकुर, सर्लाहीबाट रामनरेश राय यादव र महोत्तरीबाट शिम्पीकुमारी साहलाई नियुक्त गरेको हो । बिहीबार नियुक्त गरिएका सबै जना सहिद परिवारको सदस्य हुन् ।

१८ माघ २०७६ मा  प्रदेश सरकारले मधेश सहिद प्रतिष्ठान गठन गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सरकारले पहिला मधेश आन्दोलनको सहिदलाई मात्र सदस्यमा राख्ने व्यवस्था गरे पनि पछि माओवादी केन्द्र सरकारमा सहभागी भएपछि सरकारले उक्त निर्देशिकालाई संशोधन गरी जनयुद्धको सहिद परिवारलाई पनि समावेश गरेको हो ।

मधेशी सहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, सहिद तथा घाइते परिवारबाट चार जना सदस्य र मुख्यमन्त्री कार्यालयलगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ५ : ०१ बजे

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल

स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु, रसुवागढी सडक सञ्जाल जोडिने

रसुवा– चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन