सशस्त्र प्रहरीको दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा « Khabarhub

सशस्त्र प्रहरीको दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सिसं १४ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा बिहीबार सम्पन्न भएको छ ।

त्यसअवसरमा प्रधानमन्त्री देउवाको सम्मानमा दीक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा सलामी अर्पण गर्नुकासाथै उनी समक्ष ईज्जत अर्पण कवाज प्रदर्शन गरिएको थियो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टलाई खुँडा प्रदान गर्नुकासाथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गरे ।

दीक्षान्त समारोहलाई सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले स्थापनाको छोटो अवधिमा नै सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको बीरता तथा राष्ट्र एवं नागरिकको सेवा र सुरक्षामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै कर्तव्यपालनाको सिलसिलामा आफ्नो प्राणको आहुति दिएका सहिद सशस्त्र प्रहरीको योगदानको स्मरण गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सशस्त्र प्रहरी बल, नेपालले गौरवशाली ईतिहासकासाथ राष्ट्र र नागरिकको सुरक्षा, सीमा सुरक्षा, भुकम्प, विभिन्न समयमा भएका विपद व्यवस्थापनकासाथै उद्वार तथा राहत वितरण, कोभिड–१९ महामारी नियन्त्रण तथा उपचार, दंगा व्यवस्थापन लगायतका जिम्मेवारीमा व्यवसायिक भई सम्पादन गरेका कार्यहरु प्रशंसनीय रहेको उल्लेख गर्दै नेपाल सरकारको भरपर्दो र विश्वसनीय सुरक्षा निकायको रुपमा आफ्नो पहिचान बनाउन सशस्त्र प्रहरी बल, नेपाल सफल रहेको बताए ।

उनले सशस्त्र प्रहरी सीमा नाकामा फ्रन्टलाईनमा खटिँदै राष्ट्रको सुरक्षा, सीमा अपराध नियन्त्रणमा क्रियाशील रहेको उल्लेख गर्दै राज्यका सबै निकायहरुले जातजाति, भाषा, धर्म र लिङ्ग नभनी सामूहिक प्रयासका साथ सुशासन कायम राख्दै राष्ट्रको विकास निर्माणमा आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुपर्ने बताए ।

दीक्षान्त समारोहमा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, प्रधान सेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे लगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुकासाथै सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु एवं दीक्षित अधिकृतहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ६ : १० बजे

दार्चुलामा प्रहरी हवल्दारको हत्या, होटलनजिकै भेटियो शव

दार्चुला– दार्चुलामा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या भएको छ ।

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक,

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती– बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ

खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका