शिक्षामन्त्री पौडेल विश्वनिकेतन माविको छड्के निरीक्षणमा (भिडियो) « Khabarhub

शिक्षामन्त्री पौडेल विश्वनिकेतन माविको छड्के निरीक्षणमा (भिडियो)


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको निरीक्षण गरेका छन् । विद्यालय सञ्चालन भइरहेकै अवस्थामा मन्त्री पौडेल विद्यालयमा पुगेर प्रत्येक कक्षा कोठाको निरिक्षण गरेका थिए ।

अनुगमनका क्रमममा मन्त्री पौडेलले भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै त्यसतर्फ गम्भीर भएर लाग्न समेत शिक्षकहरुलाई निर्देशन दिएका छन् । यस विद्यालयमा करिब ३ हजार ७ सय विद्यार्थी अध्ययनरत छन्।

मन्त्री पौडेलले विद्यार्थीहरुलाई के कस्ता समस्या छन् भनेर सोधका समेत थिए । देशको भविष्य निर्माण गर्ने बालबालिकाको जीवनमाथि खेलवाड हुन नहुने मन्त्री पौडेललको भनाइ छ ।

मन्त्री पौडेलल शिक्षक, तथा विद्यार्थीहरुले थप परिश्रम गरी नमुना विद्यालयको रुपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रालयको लक्ष्य रहेको भन्दै मन्त्री पौडेलले विद्यालयका शिक्षक, विद्यार्थीले गरेको भूमिका नमुना हुने विश्वास व्यक्त गरेका छन् ।

एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएका यस विद्यालयका विद्यार्थी आशिष झालाई मन्त्री पौडेलले फोन गरेर बधाइ समेत दिएका थिए ।

मन्त्री पौडेलले झासँग फोनमा कुरा गर्दै भने, ‘सार्वजनिक विद्यालयमा पढेका विद्यार्थीले राम्रो गर्न सक्छन् भन्ने उदाहरण तपाईंले दिनुभएको छ । शिक्षाको निम्ति आवश्यक पर्ने कुरामा तपाईंलाई मन्त्रालयले सहयोग गर्छ ।’

विश्वनिकेतन माविमा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन, शिक्षा लगायत विभिन्न संकायको पढाई हुन्छ । साथै यस विद्यालयमा कक्षा ९ मा इलेक्ट्रिक इन्जिनियरिङ अध्यापन गराइने विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले जानकारी दिए । देशभरका अब्बल सार्वजनिक विद्यालयहरुमा विश्वनिकेत माविको नाम पनि आउँने गर्दछ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ७ : ४५ बजे

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार