नबाबको रियल भिडियो  ‘कराची से’ लिलामीमा, न्यूनतम मूल्य ७५ लाख « Khabarhub

नबाबको रियल भिडियो  ‘कराची से’ लिलामीमा, न्यूनतम मूल्य ७५ लाख


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दी फिल्म ‘बजरंगी भाइजान’ हेर्नु भएका दर्शकलाई थाहा हुन सक्छ, फिल्ममा एक पत्रकार थिए चाँद नबाब । यो भूमिका कलाकार नवाजुद्दीन सिद्दीकीले निभाएका थिए । सिद्दीकीले निभाएको भूमिका पाकिस्तानी पत्रकार चाँद नबाबको एक भिडियोबाट प्रेरित थियो ।

बजरगीं भाइजानमा सिद्दीकीले चित्रण गरेको भूमिका पाकिस्तानी पत्रकार चाँद नबाबले वास्तविक जीवनमा रिर्पोटीगंका क्रममा गरेको एक भिडियो क्लिपको हो । चाँद नबाब कराचीको रेल्वे स्टेशनबाट रिपोर्टिगं गर्दा पटक पटक क्यामेराम्यान र उनी बीचबाट जाने यात्रुका कारण रिपोटीङ गर्न पाउँदैनन् । जसका कारण उनी रिसाउँछन् । यही रोचक भिडियोबाट प्रेरित भएर फिल्मले यसैको कमेडी रिमेक गरेको थियो । त्यसयता चाँद नबाब चर्चामा आएका थिए ।

चाँद नवाबको यही लोकप्रिय भिडियो ’कराची से’ अहिले डिजिटल सम्पती बन्दै बिक्रीमा राखिएको छ । यसलाई नन–फन्जिबल टोकन (एनएफटी)को रुपमा फाउन्डेशन ऐपमा बिक्रीकालागि राखिएको छ । एनएफटीले डिजिटल सम्पती जस्तै फोटोको सफ्ट कपी, भिडियो क्लिपको लिलामी गर्दै यसका मालिक वा कलाकारलाई पैसा कमाउन मदद्त गर्दै आएको छ ।

चाँद नवाबको यो भिडियो सन् २००८ को हो । उनी रेल्वे स्टेसनमा इद पर्व मनाउन घर जाने यात्रुको बारेमा आफ्नो टेलिभिजनकालागि रिपोटीङ गरेका थिए । यही भिडियोलाई न्यूनतम रकम २० एथेरियम टोकन अर्थात् ६३ हजार ६ सय ४ डलर अर्थात् करिब नेपाली ७५ लाख ६६ हजार भन्दा बढि रकममा लिलामीमा राखिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १२ : ०० बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट