कोरोनामुक्त हुनेको संख्या २४ करोड ९६ लाखभन्दा बढी « Khabarhub

कोरोनामुक्त हुनेको संख्या २४ करोड ९६ लाखभन्दा बढी

२४ घण्टामा करिब साढे ४ लाख निको


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर कोरोनाबाट निको हुनेको संख्या २४ करोड ९६ लाखभन्दा धेरै पुगेको छ ।

ओल्डोमिटरको विवरणअनुसार २७ करोड ९३ लाख ११ हजार ४२६ मध्ये २४ करोड ९६ लाख २५ हजार ४६४ जना निको भएका हुन् ।

पछिल्लो २४ घण्टामा मात्रै ४ लाख ३८ हजार ७२६ जना कोरोनामुक्त भएका छन् । जर्मनीमा ५६ हजार, फ्रान्समा ५१ हजार, रुसमा ४१ हजार, अमेरिकामा २४ हजार, पोल्याण्डमा २२ हजार, टर्कीमा २० हजार र इटलीमा १९ हजार ८ सय बढी निको संक्रमणमुक्त भएका हुन् ।

गत २४ घण्टामा ७ लाख ९६ हजार ४२२ जना थपिएका छन् भने ५ हजार ४५१ जनाको मृत्यु भएको छ ।

थपिनेमा अमेरिकामा एक लाख ८५ हजार, बेलायतमा एक लाख २२ हजार, फ्रान्समा ९४ हजार र इटलीमा ५० हजार बढी छन् ।

त्यसैगरी जर्मनीमा करिब २८ हजार, रुसमा २५ हजार र टर्कीमा १९ हजारमा संक्रमण पुष्टि भएको छ ।

मृत्यु हुनेमा रुसमा ९९८, अमेरिकामा ७०७, पोल्याण्डमा ५९६, जर्मनी २७२, फ्रान्समा १६७ र बेलायतमा १३७ जना छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ६ : २५ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र