रतुवामाई वृक्षरोपण आयोजनाका मसलाका रुख काटिए « Khabarhub

रतुवामाई वृक्षरोपण आयोजनाका मसलाका रुख काटिए


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – रतुवामाई वृक्षरोपण आयोजनामा लगाइएको मसला जातको रुख कटान सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा रहेको सो वनमा १५ वर्ष अवधि पुगेका मसलाका रुख कटान सुरु गरिएको हो ।

कार्यालयका सूचना अधिकारी भक्तिप्रसाद गौतमले नयाँ टिक जातका बिरुवा लगाउने योजना अनुरुप मसलाको रुख कटान गर्न थालिएको बताए। उनले शिवसताक्षी नगरपालिका–१० पूर्वपश्चिम राजमार्ग उत्तर रहेका क्षेत्रका रुख धमाधम कटान गरिरहेको बताए । दुई हजार ७५३ हेक्टर क्षेफलमा फैलिएको सो वनमा ५० हजार हेक्टरमा १५ वर्षअघि सिसौका रुख हटाएर मसला जातको विरुवा लगाइएको थियो ।

कटान गरिएको रुखमध्ये स्थानीय उपभोक्तालाई २५ प्रतिशत बिक्री गरिन्छ भने ५० प्रतिशतमा टेण्डर आह्वानद्वारा बिक्री गरिने उनको भनाइ छ । बाँकी रहेको २५ प्रतिशत वन पैदावर विकास समिति काठमाडौँलाई हस्तान्तरण गरिनेछ ।

उनले मसला जातको काठको मूल्यभन्दा टिकको मूल्य महँगो हुने र छिटो हुर्कने हुँदा कटान गरिएको क्षेत्रमा टिक जातको बिरुवा लगाउने बताए। मसलाको काठको बजार मूल्य हाल प्रति क्यूफिट रु ३०० देखि ६०० सम्म रहेको उनले बताए । वन क्षेत्रमध्येको १० प्रतिशत जमिनमा कदम, २० प्रतिशतमा टिक र १० प्रतिशतमा विभिन्न प्रजातिका रुख लगाइएको छ ।

उनले आयोजनाले ढलापढा रुख बेचेर मात्र वार्षिक रु एक करोड ५० लाख आम्दानी गर्दै आएको बताए। उनले हाल वन क्षेत्रको ६३ हेक्टर जमिन भने अतिक्रमणको चपेटामा परेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : ०८ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड