प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ फाइनलमा, सुदूरपश्चिम बाहिरियो « Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ फाइनलमा, सुदूरपश्चिम बाहिरियो


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले फाइनलका लागि स्थान सुरक्षित पारेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेट अन्तरले पराजित गर्दै प्रदेश १ ले फाइनलमा स्थान सुरक्षित बनाएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्रै बनाएको थियो ।

सुदूरपश्चिमका लागि सुरुवाति ब्याट्सम्यानले टिकेर खेल्न सकेका थिएनन् । ७ रन जोड्दा महत्वपुर्ण ३ विकेट गुमाएको अवस्थामा सुदूरपश्चिमका लागि मध्यक्रमकी ब्याट्सम्यान सम्झना खड्का र रितु कनौजियाले पारीलाई उकास्ने प्रयास गरेका थिए ।

सुदूरपश्चिमका लागि सम्झना खड्काले २७ तथा कप्तान रितु कनौजियाले २५ रन बनाएका थिए । सुदूरपश्चिमका अन्य खेलाडीले खुलेर खेल्न नसक्दा  सस्तैमा समेटिन पुगेको हो ।

सुदूरपश्चिमलाई न्यून स्कोरमा रोक्ने क्रममा प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, संगीता राई र ज्योति दनुवारले समान एक एक विकेट लिए ।

सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले एक विकेट मात्रै गुमाएर भेटेको हो । प्रदेश १ ले १६ ओभरमा ५ बल खेल्दै लक्ष्य भेटाएको हो ।

प्रदेश १ का लागि सुरुवाति ब्याट्सम्यानले राम्रो गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याएका थिए । पहिलो विकेटका लागि सुरुवाति ब्याट्सम्यान कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गरेका थिए । कप्तान रुविना क्षेत्रीले अविजित पारी खेल्दै ३१ रन जोडिन् । तेश्रो नम्बरमा मैदान आएकी प्रदेश १ की खेलाडी अप्सरी बेगमले ९ रन बनाइन् ।

सुदुरपश्चिमका लागि कविता जोशीले एक विकेट लिएकी थिइन् । खेलमा प्रदेश १ की कप्तान रुविना क्षेत्री प्लेयर अफ द म्याच बनिन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ३ : २० बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय