चार निर्णय गर्दै सकियो कांग्रेस नयाँ कार्यसमितिको पहिलो बैठक « Khabarhub

चार निर्णय गर्दै सकियो कांग्रेस नयाँ कार्यसमितिको पहिलो बैठक


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको नवनिर्वाचित कार्यसमिति बैठक चार वटा निर्णय गर्दै समापन भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार अपराह्न बसेको १४औं महाधिवेशनबाट निर्वाचित पहिलो बैठकले पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्पसहितका ४ वटा निर्णय गरेको छ ।

बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्ने आउने विभिन्न राजनीतिक दलका नेताहरु, महाधिवेशन सम्पन्न गर्न पार्टीको विभिन्न तहमा रहेर काम गरेका केन्द्रिय निर्वाचन समिति, सञ्चार माध्यामसहितलाई धन्यवाद दिने निर्णय समेत गरेको छ ।

यस्तै राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाली काँग्रेसका उम्मेदवारहरुको लागि पार्टीका सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय भएको छ ।

दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टीको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय पनि गरिएको छ ।

गत मंसीर २४ देखि २८ गतेसम्म सम्पन्न नेपाली काँग्रेसको १४औँ महाधिवेशनले सभापति देउवासहित १३४ जनाको केन्द्रीय समिति निर्वाचित गरेको छ ।

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ३ : ३३ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर