प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ फाइनलमा, सुदूरपश्चिम बाहिरियो « Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ फाइनलमा, सुदूरपश्चिम बाहिरियो


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले फाइनलका लागि स्थान सुरक्षित पारेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेट अन्तरले पराजित गर्दै प्रदेश १ ले फाइनलमा स्थान सुरक्षित बनाएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्रै बनाएको थियो । सुदूरपश्चिमका लागि सुरुआती ब्याटरले टिकेर खेल्न सकेका थिएनन् । ७ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको अवस्थामा सुदूरपश्चिमका लागि मध्यक्रमकी ब्याटर सम्झना खड्का र रितु कनौजियाले पारीलाई उकास्ने प्रयास गरेका थिए ।

सुदूरपश्चिमका लागि सम्झना खड्काले २७ तथा कप्तान रितु कनौजियाले २५ रन बनाएका थिए । सुदूरपश्चिमका अन्य खेलाडीले खुलेर खेल्न नसक्दा सस्तैमा समेटिन पुगेको हो । सुदूरपश्चिमलाई न्यून स्कोरमा रोक्ने क्रममा प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, संगीता राई र ज्योति दनुवारले समान एक एक विकेट लिए ।

सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले एक विकेट मात्रै गुमाएर भेटेको हो । प्रदेश १ ले १६ ओभरमा ५ बल खेल्दै लक्ष्य भेटायो । प्रदेश १ का लागि सुरुआती ब्याटरले राम्रो गर्दै टिमलाई बलियो स्थितिमा पु¥याएका थिए । पहिलो विकेटका लागि कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गरेका थिए । कप्तान रुविना क्षेत्रीले अविजित पारी खेल्दै ३१ रन जोडिन् । तेश्रो नम्बरमा मैदान आएकी प्रदेश १ की खेलाडी अप्सरी बेगमले ९ रन बनाइन् ।
सुदूरपश्चिमका लागि कविता जोशीले एक विकेट लिएकी थिइन् । खेलमा प्रदेश १ की कप्तान रुविना क्षेत्री प्लेयर अफ द म्याच बनिन्।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : ०७ बजे

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई