एमसीसी नसच्याइ अनुमोदन गरिए राष्ट्रघात : डा. रावल « Khabarhub

एमसीसी नसच्याइ अनुमोदन गरिए राष्ट्रघात : डा. रावल


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का नेता डा. भीम रावलले एमसीसीमा रहेका देशहित विपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन्।

नेपाल चीन जनमैत्री प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा रावलले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै देशहित विपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने दाबी गरे।

अमेरिकाका मन्त्रीले नै एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनिसकेको अवस्थामा नेपालका बिज्ञ भन्नेले होइन भनेर एमसीसीको बचाउन गर्नु हास्यास्पद भएको उनको भनाइ छ । उनले आफूले एमसीसीबारे सवै प्रावधान पढेकाले नेपालीलाई मुर्ख बनाउन काम नगर्न सुझाव दिए ।

पाँचतारे होटलमा एमसीसी परियोजनाको कार्यालय रहेको भन्दै उक्त कार्यालयमा नेपालीको कर खर्च गरिएको उनले आरोप लगाए। उनले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले परियोजनाका कर्मचारीसंग सम्झौता गरेर त्यहिबेलादेखि नै असमान सम्झौता गरेको टिप्पणी गरे।

रावलले एमसीसीको प्रस्तावता र बिभिन्न धारा तथा सम्झौतामा उल्लेख बुँदाहरु सार्वभौमिक समानताको सिद्धान्त बिपरित रहेको तर्क गरे।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : ५० बजे

जब उपचार कुरिरहेका वृद्ध वीर अस्पतालमा लाइन बस्दा-बस्दै ढले…

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली सरकारले देशभरका सरकारी कार्यालयबाट

सचिवालयको स्पष्टीकरण : प्रधानमन्त्रीले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्न निर्देशन दिएको होइन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध

सार्वजनिक सेवा प्रसारण नेपालद्वारा पहिलो वार्षिक प्रतिवेदन पेस

काठमाडौं– सार्वजनिक सेवा प्रसारण नेपालले आफ्नो पहिलो वार्षिक प्रतिवेदन नेपाल

पन्ध्र दिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि