गण्डकीमा ६५ प्रतिशतले लगाए खोपको पहिलो डोज « Khabarhub

गण्डकीमा ६५ प्रतिशतले लगाए खोपको पहिलो डोज


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका आधा जनसंख्याले कोभिडविरुद्धको पूरा डोज खोप पाएका छन् । २५ लाख जनसंख्या रहेको यहाँ ११ लाख ९३ हजार ६ सय ५८ जनाले पूरा डोज लगाएका छन् भने १५ लाख ८१ हजार नौ सय ४७ जनाले पहिलो डोज पाएका छन् ।

प्रदेशकै दुई जिल्ला मनाङ र मुस्ताङ पूर्ण खोपयुक्त भैसकेका छन् । मनाङमा पहिलो डोज लगाउने पाँच हजार दुई सय ३४ छन् भने चार हजार ६ सय १५ ले पूरा डोज पाएका छन् । मुस्ताङमा १४ हजार एक सय १० जनाले पहिलो खोप लगाएकोमा १३ हजार ६ सय २८ ले दोश्रो डोज पाइसके । अन्य नागरिकले फरक जिल्लामा पुगेर भए पनि खोप लगाइसकेको उल्लेख छ।

गोरखामा एक लाख ५२ हजार एक सय ४४ जनाले पहिलो डोज लगाएकोमा एक लाख ११ हजार सात सय ६५ ले दोश्रो डोज पाइसकेका छन् । म्याग्दीमा ६७ हजार तीन सय ४१ ले पहिलो डोज र ५५ हजार एक सय १० जनाले दोश्रो, कास्कीमा तीन लाख ८४ हजार एक सय ९४ जनाले पहिलो डोज र तीन लाख ९६ हजार आ७ सय ६३ जनाले दोश्रो डोज पाएका छन् । अन्य जिल्लामा पहिलो डोज लगाएर आएकाहरूले पनि कास्कीबाट दोश्रो डोज पाएकोले तथ्यांक तलमाथि परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

लमजुङमा एक लाख २४ हजार नौ सय ३४ ले पहिलो डोज र ८७ हजार आठ सय दुई जनाले दोश्रो डोज पाएका छन् । यस्तै, तनहुँमा दुई लाख तीन हजार चार सय ७४ जनाले पहिलो डोज र एक लाख १२ हजार ६ सय ९५ जनाले दोश्रो डोज, स्याङजाका एक लाख ८० हजार सात सय ८१ ले पहिलो र एक लाख ४८ हजार नौ सय २२ ले पूरा डोज पाएका छन् ।

पर्वतका ८५ हजार तीन सय १५ ले पहिलो डोज र ७४ हजार एक सय १४ ले दोश्रो, बागलुङबाट एक लाख ४७ हजार एक सय ३७ ले पहिलो डोज लगाएकोमा ८५ हजार नौ सय ५४ ले दोश्रो तथा नवलपुरका दुई लाख १७ हजार दुई सय ८३ ले पहिलो डोज र एक लाख दसई हजार एक सय ९० ले पूरा डोज पाएका छन् ।

लक्षित वर्गका लागि खोप पर्याप्त आयात भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले १८ वर्ष उमेरभन्दा माथिकालाई खोप लगाउन सूचना निरन्तर निकाले पनि खोप लगाउन आउनेहरू निकै कम भएको सचिव डा। विनोदविन्दु शर्माले बताए ।

गण्डकीमा पहिलो पटक १५ चैत ०७६ मा बागलुङकी किशोरी अंशु सापकोटालाई कोभिड पुष्टि भएको थियो भने २५ जेठ ०७७ मा स्याङ्जाका ६० वर्षीय एक पुरुषको पहिलो मृत्यु भएको थियो । हालसम्म ८८ हजार संक्रमित भएकोमा एक हजार चार सय २५ को मृत्यु भैसकेको छ । पछिल्ला दिनमा कोभिडबाट हुने मृत्युदर लगभग शून्य प्रायः छ । न्यूजकारखाना

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ६ : ०६ बजे

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र