सुसंस्कृत नेपाल निर्माणमा लागौँ : राष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

सुसंस्कृत नेपाल निर्माणमा लागौँ : राष्ट्रपति भण्डारी


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुनुपर्ने बताएकी छन्।

‘क्रिसमस डे’का अवसरमा राष्ट्रिय ख्रिष्ट्रियन महासंघले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुनुपर्नेमा जोड दिइन्।

उनले विविध सांस्कृतिक पहिचान एवम् धार्मिक संस्कृतिले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । सुखी नेपाली समृद्ध नेपालको नारालाई साकार पार्नका लागि सबैको एकता अपरिहार्य रहेको उनको भनाइ छ ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई रक्षा गर्दै मुलुकमा सामाजिक न्यायलाई सुदृढ गर्नुपर्ने धारणा राखे।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : २० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका